|

काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संसोधन प्रस्तावविरुद्ध एमालेसहितका विपक्ष दलहरुले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

मोर्चाका नेताहरुले संविधान संशोधन प्रस्ताव राष्ट्र हितमा नरहेको भन्‍ने एमाले सहितका विपक्ष दलहरुको अभिव्यक्ति मुलुकको राष्ट्रिय अखण्डता बिगार्ने गरी आएको निष्कर्ष निकाले।

काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बिहिबार बसेको मोर्चाको बैठकले राष्ट्रियताको नाममा विपक्ष दलहरुले राष्ट्रिय अखण्डता विरोधी गतिविधि गरिरहेको निष्कर्ष निकाल्यो। बैठकले संविधान संशोधन प्रस्ताव संशोधनसहित पारित गराउन सरकारले ध्यान नदिएको ठहर गरेको छ।

के भने उपेन्द्र यादवले?

  • बैठकपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संसोधन प्रस्तावविरुद्ध प्रतिपक्षी दलहरुले दिएका अभिव्यक्तिले मुलुकको अखण्डता र जातीय एकता कम्जोर हुने बताए। उनले मधेसी, आदिबासी र अल्पसंख्यकका विरुद्धमा दिएका अभिव्यक्तिले मुलुकलाई प्रतिगमततर्फ धकेल्ने बताए।
  • अध्यक्ष यादवले आफूहरु सडक आन्दोलनमा रहेका बेलामा संसदमा आएर छलफल गर्न आग्रह गर्ने दलहरु समस्या समाधानका लागि संविधान संसोधनको प्रस्ताव ल्याउँदा आफैं आन्दोलनमा जानु दुखद भएको टिप्पणी गरे। उनले प्रतिपक्षीले विरोधका नाममा संसद बैठक अवरुद्ध गरेर संसदीय प्रक्रिया अलपत्र पार्न नहुने तर्क गरे।
  • बैठकमा मोर्चा आबद्ध अन्य दलले प्रतिनिधि मात्र पठाएका थिए। सरकारले ल्याएको संविधान संशोधन प्रस्तावले मुलुकलाई टुक्रयाउनेसम्मको चेतावनी विपक्ष एमालेसहितका दलहरुले दिएपछि त्यसप्रति मोर्चाले आपत्ति जनाएको हो।

बैठकपछि संघीय गठबन्धनका अध्यक्ष उपेन्द्र यादवले जारी गरेको प्रेस विज्ञप्ति : 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.