|

काठमाडौं : गायक तथा संगीतकार मधुबाबु थापाको ६३ वर्षको उमेरमा निधन भएको छ। उनको काठमाडौंको मोडेल अस्पतालमा बिहीबार निधन भएको हो।

रेडियो नेपालमा कार्यरत गायक तथा संगीतकार मधुबाबु बिहीबार बाथरुममा लडेर घाइते भएपछि उपचारका क्रममा निधन भएको लामो समयदेखि मधुबाबुसँग युगल गायन गरेकी चन्द्रकला शाहले जानकारी दिइन्।

उनले भनिन्, 'आज बिहान रेडियो नेपालको ड्युटी सकेर घर गइ नुहाउने क्रममा बाथरुममा लडेर घाइते भएपछि उपचारका क्रममा मोडेल अस्पतालमा निधन भएको हो।'

दाङ स्थायी घर भएका थापाले ५ सय भन्दा बढी लोक, आधुनिक, शास्त्रिय गीतमा स्वर र संगीत दिएका छन्। उनका 'मोहनी लायौकी जन्तर गरेर…', 'भैगो हजुर माया जाल नबुन…' लगायत दर्जनौं गीत चर्चित छन्। उनका थारु भाषाका गीत पनि चर्चित छन्।

त्यस्तै मधुबाबुका चौतारी दोहोरी, काठमाडौं दोहोरी, रामरौस, जोवन कोपिलो, सोल्टिनीको रातो पछ्यौरी, मायालु, पिरती, झुम्के बुलाकी, कृष्ण लीला, कर्णालीको कहर, जीवन ज्योति गरेर तीन दर्जनभन्दा बढी गीति एल्बम निकालेका छन्।

२०१० मा दाङको राजपुर गाविसमा जन्मिएका मधुबाबुको २ वर्षको उमेरमा आँखाको दृष्टि गुमेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.