प्रजिअ भन्छन् : विप्लवका कार्यकर्ताले गोली हाने

|

संखुवासभा : जिल्लाको सिलिचोङ गाउँपालिका–१ होयङ्मामा प्रहरीसँग भएको गोली हानाहानपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीन कार्यकर्ता बेपत्ता भएका छन्। 

प्रहरीसँगको गोली हानाहानपछि सिलिचोङबाटै सम्पर्कमा आएका विप्लवका एकजना जिल्ला नेताले आफ्ना तीनजना कार्यकर्ता बेपत्ता भएको जानकारी दिए। 

प्रहरी स्रोत अनुसार गोली हानाहान भएपछि घटनास्थल भन्दा केही परेको तेन्छोबाट विप्लवका एकजना कार्यकर्ता पक्राउ परेका छन्। तर जिल्लास्थित सुरक्षा अधिकारीहरु यो कुराबारे केही बोल्न तयार छैनन्। 

‘हाम्रो टोली भात खाइरहेका बेला प्रहरीले अचानक हामीमाथि फायरिङ गर्‍यो’, ती नेताले भने, ‘त्यही क्रममा तितरबितर हुँदा हाम्रा तीन कार्यकर्ता बेपत्ता भएका छन्। उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन।’

घटनास्थलमा गोली चले पनि अहिलेसम्म हताहतीको कुनै जानकारी छैन। उक्त समूहका महासचिव विप्लवको सचिवालयका एक नेताले पनि संखुवासभाबाट आफ्ना तीन कार्यकर्ता बेपत्ता भएको जानकारी दिए। बेपत्ता भएका कार्यकर्ताको विवरण विप्लव समूहले पनि उपलब्ध गराउन सकेको छैन। 

देखादेख भएर फायरिङ : प्रजिअ

यता संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले नियमित गस्तीमा रहेको प्रहरी टोलीसँग जम्काभेट भएपछि विप्लव समूहबाटै गोली चलाइएको दाबी गरेका छन्।

संखुवासभामा प्रहरी-विप्लव गोली हानाहान : घटनास्थल नजिकैबाट एकजना पक्राउ 

विप्लवसँग गोली हानाहानपछि पुगे सेनाका तीन हेलिकोप्टर 

संखुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान 

सिलिचोङ एकका वडाध्यक्ष भन्छन् : मकै पड्केजस्तै गोली चल्यो 

प्रजिअ दुलालले त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको जिकिर गरेका छन्। ‘हाम्रो प्रहरी टोली सिसुवा क्षेत्रमा नियमित गस्तीमा थियो’, उनले भने, ‘प्रहरीलाई देख्नेबित्तिकै विप्लवको तर्फबाट गोली चलाइयो, त्यसपछि प्रहरीको तर्फबाट आत्मरक्षाका लागि फायर खोलिएको हो।’

के भयो थाहा छैन ? 

सिसुवा गोलीकाण्ड प्रकरणबारे जिल्लास्थित सुरक्षा अधिकारीहरुले विस्तृत विवरण दिनै अस्वीकार गरेका छन्। गोली हानाहान भएपछि बसेको जिल्ला सुरक्षा समितिको बैठकको सूचना पनि प्रजिअ र सुरक्षा अधिकारीले दिन अस्वीकार गरे। 

उनीहरुले सुरक्षा समितिको बैठक नै नबसेको दाबी गरे। काठमाडौँ सेनाका तीनवटा हेलिकोप्टर सिसुवा क्षेत्रमा उतारेको सरकारले त्यहाँबाट विस्तृत सूचना नै आउन नसकेको बताइरहेको छ। 

‘त्यसक्षेत्रमा के भएको हो? विस्तृत जानकारी आउनै सकेको छैन’, प्रजिअ दुलालले भने, ‘प्रहरीको सञ्चार सेटले पनि काम गरेको छैन। त्यहाँ मौसम पनि खराब भएकाले सबै सूचना आउनै सकेको छैन।’

हेलिकोप्टरको गस्ती

गोली हानाहानपछि सरकारले सिसुवा क्षेत्रमा सेनाका तीनवटा हेलिकोप्टर ओरालेको थियो। ती हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका २५–२५ जना टोली लगिएको थियो । 

त्यस्तै सदरमुकाम खाँदबारीबाट केही दिनअघिबाटै त्यो क्षेत्रमा सशस्त्र प्रहरीको २० जनाको टोली गस्तीमा थियो। त्यतिकै संख्यामा नेपाल प्रहरीको टोली पनि 

गोली हानाहानपछि खाँदबारीबाट इन्सपेक्टरको कमाण्डमा १७ जनाको अर्को टोली त्यसतर्फ पठाइएको थियो । विप्लवका कार्यकर्ता खोज्न ताम्कु र सिसुवाबाट पनि प्रहरी परिचालित गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.