|

कालीकोट : जिल्लामा साना गर्भवती तथा आहारको कुपोषण र पुट्कोपनको समस्या देखिएका कारण पौष्टिक आहार कार्यक्रम लागु भएको

गर्भवती तथा आहारको पोषणमा सुधार ल्याउन पौष्टिक आहार कार्यक्रम लागु भएको जिल्लामा खडेरी कारणले खाद्य असुरक्षा पोषणमा आएको गिरावट कम गर्न पोषण कार्यक्रम लागु गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको  

विश्व खाद्य सहयोग कार्यक्रमको आर्थिक सहयोग र मनहरी विकास संस्था नेपालको सहयोग जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जिल्लाका ३० वटै यो कार्यक्रम लागु भएको

यो कार्यक्रम जिल्लाका ३० वटै गाविसमा ४ महिना नियमित संचालन हुनेछ। कार्यक्रममा ६ महिना देखि २३ महिनासम्मका बालबालिका, सुत्केरी र गर्भवती महिलाहरुका लागि पौष्टिक आहार प्रति महिना ३ केजीका दरले हुने जिल्ला स्वास्थ्य कार्यालय पोषण कार्यक्रमका फोकल पर्शन कटकबहादुर महतले बताए।

‘बालबालिका, सुत्केरी र गर्भवती महिलाहरुका लागि पोषणमा सुधार ल्यान कार्यक्रम संचालनमा ल्याएको छौं।’ उनले भने,‘यसले कुपोषण न्यूनीकरण गर्नेछ।’ पहिलो चरणमा मान्म, दाहा, राँचुली जुविथा र भर्ता गाविसमा पौष्टिक आहार वितरण भएको र दोस्रो चरणमा बाँकी गाविसमा लागु हुने फोकल पर्सन महतले बताए। 

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले दिएको तथांक अनुसार हाल जिल्लाभर ६ महिनादेखि २३ महिनाका बालबालिको संख्या ५ हजार छ। त्यस्तै, गर्भवतीको संख्या ३ हजार ७ सय ५८ र सुत्केरीको संख्या ३ हजार १ सय ८७ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.