|

  • मेगराज खड्का

रुकुम :  रुकुममा अघिल्लो वर्षभन्दा यस वर्ष स्याउको उत्पादनमा गिरावट आएको छ। यस वर्ष स्याउ उत्पादनमा झन्डै ७ प्रतिशतले कमी आयो। 
गत वर्ष जिल्लामा २८ सय ४८ मेटिक्ट्रन स्याउ उत्पादन भएको थियो। यस वर्ष यो संख्‍या घटेर २६ सय ७० मेट्रिक टन  पुगेको जिल्ला कृषि विकास कार्यालय रुकुमका प्रमुख सहदेव प्रसाद हुमागाँइले जानकारी दिए।  

किन घट्यो उत्पादन?

  • स्याउ फुल्ने समयमा पानी नपर्नु उत्पादन घट्नुको मुख्य कारण रहेको सहदेवप्रसाद हुमागाईले बताए। 
  • स्याउमा कालो दाग लागेपछि उत्पादन राम्रो हुन सकेन। 
  • फुलेटी पर्नु र सुकेको फुलहरु खसेर जानाले स्याउको उत्पादनमा कमी आउनुका अन्य कारण हुन्। 

कहाँ- कहाँ हुन्छ स्याउ खेती?

  • गोतामकोट, स्यालाखदी र प्वाङ लगायतका रुकुमको पुर्वी गाविसहरुमा व्यवसायिक रुपमा स्याउ खेती हुन्छ। 
  • यस क्षेत्रको ३ सय २० हेक्टर क्षेत्रफलमा स्याउ खेती हुन्छ।
  • जिल्लामा उत्पादन भएको स्याउ जिल्ला सदरमुकाम मुसिकोट, खलंगा लगायत विभिन्‍न व्यापारिक केन्द्रहरुमा जान्छ। 
  • छिमेकी जिल्लाहरु सल्यान, जाजरकोट र रोल्पासम्म रुकुमको स्याउ प्रसिद्ध छ। 

निराश छन् किसान 
स्याउ खेतीमा आकर्षित भएका किसानहरु उत्पादन घटेपछि निराश छन्। 
गत वर्ष स्याउ उत्पादन गरेर १ लाख कमाएका नलबहादुर घर्तीले यस वर्ष सोचेजस्तो आम्दानी नभएको बताए। 
रन्मामैकोटकी जोकमाया पुनले लगाएको स्याउले कम दाना दिएको बताइन्। ‘साना साना दाना छन्’ उनले भनिन्, ‘तौलदा पनि धेरै जाने भएकाले कमाइ कम भयो।’ ठूलो दाना लगाएपछि राम्रो कमाइ हुने उनले बताइन्।

कृषी कार्यालयले दिने भयो राहत

  • स्याउ उत्पादनमा कमी आएपछि यस वर्ष जिल्ला कृषि विकास कार्यालयले किसानहरुलाई प्रतिस्याउको बोेट बराबर एक सयका दरले व्यवस्थापन खर्च दिन लागेको छ।
  • यसले गर्दा अर्काे वर्ष स्याउ उत्पादनमा वृद्धि हुने कृषि विकास कार्यालयको अपेक्षा छ।
  • यस वर्ष असिनोले समेत स्याउको फुलहरु झारेकोले उत्पादन घटेको र आगामी दिनहरुमा उत्पादन बढाउन कार्यालयको तर्फबाट विभिन्न कार्यक्रमहरु अघि सार्ने जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुख सहदेव प्रसाद हुमागाईले बताए।
  • कृषि विकास कार्यालयले स्याउ खेती प्रवद्र्धनका लागि विभिन्न समयमा तालिमहरु समेत प्रदान गर्दै आएको।
  • स्थानीयहरुले थोरै उत्पादन भएको स्याउ समेत बजार सम्म ल्याउन समस्या भएको हुँदा सडक निर्माणका लागि समेत अनुरोध गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.