|

काभ्रे : नेपाल प्रहरी स्कुल साँगामा भएको २४ औ आइजिपि रनिङ ट्रफि फुटवलको उपाधि आयोजक टिम नेपाल प्रहरी स्कुल साँगाले जितेको छ। 
ललितपुरको लिटल एन्जिल्स बोर्डिङ स्कुललाई ४–० ले  पराजित गर्दै आयोजक प्रहरी स्कुल साँगाले उपाधि जितेको हो। नेपाल प्रहरी स्कुलबाट सिद्धार्थ बस्नेत र देवराज थापाले एक एक गोल गरे। दोस्रो हाफमा समिर थापाले २ गोल गरेका थिए। 

विजेता तथा उप–विजेतालाई प्रमुख अतिथि एवं नेपाल प्रहरीका आइजिपि उपेन्द्रकान्त अर्यालले पुरस्कार, ट्रफी, मेडलका साथै प्रमाणपत्रले सम्मान गरेका थिए।

नेपाल प्रहरी आवासीय माविका समादेशक डिएसपी दिनेश मैनालीले दिएको जानकारी अनुसार विजेता टोलीले ३० हजार नगद र खसी उपहार हात पारेको छ। उप–विजेताले २० हजार नगद हात पारेको छ।

खेलमा काठमाडौ, भक्तपुर, ललितपुर सहित काभ्रेका गरी १५ वटा विद्यालयको १६ टिमको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.