|

जाजरकोट : जाजरकोट कारागारका कैदीबन्दी, कर्मचारी र सुरक्षाकर्मी झाडापखालाका कारण बिरामी परेका छन्। प्रदुषित  पानी सेवन गरेका कारण झाडापखाला सुरु भएको चिकित्सकले बताएका छन्।

मंगलबारदेखि अहिलेसम्म ७ जना सुरक्षाकर्मी, १२ जना कैदीवन्दी र अन्य कर्मचारीमा समेत झाडापखाला लागेको जेलर तेजविक्रम शाहले बताए। यता जाजरकोट अस्पतालमा पखालका बिरामी दैनिक ४० भन्दा बढी आउँदा उपचार गर्ने ठाउँको अभावमा समस्य भएको अस्पताल प्रशासनले जनाएको छ।

सदरमुकाममा रहेको बृहत खानेपानी सञ्चालनमा आएपछि पखालाका बिरामी बढेको अस्पतालले जनाएको छ। पानीको जाँच गर्ने काम भएको र ७२ घण्टापछि खास नमुना परीक्षण कार्य सम्पन्न हुँने डाक्टर केशर कार्कीले बताए। अहिले प्रारम्भक चरणको परीक्षणले पानी फोहोर भएको देखिएको उनले बताए।

बृहत खोपानी आयोजना र पुरानो आयोजनाको अलग-अलग जाँच भइरहेको छ। बिरामीको चाप बढेका कारण उपचार गर्ने ठाउँकै अभाव रहेको डाक्टर कार्कीले बताए। बिरामीको संख्या दैनिक यसरी बढ्ने हो भने ५ दिनसम्मलाई मात्र पुग्ने औषधि रहेको फार्मेसी शाखाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.