|

धनगढीः अत्तरिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोकराज देवकोटासहित तीनजनालाई प्रहरीले बुधवार पक्राउ गरेको छ । उद्योग वाणिज्य सङ्घको कार्यालयमा पत्रकार सम्मेलन चलिरहेका बेला इलाका प्रहरी कार्यालय अत्तरियाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्ने अन्य दुईमा सङ्घका सदस्यद्वय विपिनकुमार साउद र दिनेश विष्ट रहेका छन् । असार १० गते गोदावरी नगरपालिकालेको तेस्रो नगर सभाको उद्घाटन सत्रलाई  अवरोध पुर्‍यएको भन्दै अध्यक्ष सहित ८ जना विरुद्ध नगरपालिका कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दायर गरेको थियो । 

नगरपालिकाको उजुरीको आधारमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए । उनले भने, ‘थप पाँच जनको पनि खोजी भइरहेको छ ।’ अध्यक्ष सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको विरोधमा व्यापारीहरूले अत्तरिया बजार बन्द गराएका छन् ।

व्यापारीले व्यवसायीहरूका साझा समस्यालाई नगरपालिकाको नगरसभामा राख्न नपाएको विषयमा बोल्दा मुद्दा लगाएर पक्राउ गर्नु गलत भएको भन्दै पसलहरू बन्द गरेको अत्तरिया उद्योग वाणिज्य सङ्घका महासचिव यज्ञराज जोशीले बताए । \

उनले भने ‘हाम्रो कुरा धारणाहरु सुन्नुपर्ने थियो सुनिएन, त्यसैमाथि व्यापारीलाई झुटो मुद्दा लगाएर पक्राउ गरिएको छ । यसको विरोधमा हामी उत्रिएका हौँ ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.