|

काठमाडौं :  नेपालमा बिबोइ सिटी नेपाल हुने भएको छ। शनिबारदेखि लैनचौरमा हुने उक्त प्रतिस्‍पर्धा १ दिन चल्नेछ। बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल हिफप फाउण्डेसन, गोविन्द एजुकेशनको आयोजनामा बिबोय सिटी नेपाल हुने जानकारी दिइयो।

कार्यक्रममा विवोय सिटी नेपालका संयोजक दीपेश थापाले यो विगत दुई वर्षदेखि संचालनमा आइरहेको जानकारी दिए। प्रतिस्‍पर्धामा देशका विभिन्न  जिल्लाबाट प्रतिस्पर्धा आउने क्रम जारी रहेको उनले बताए।

थापाले नेपालमा हिफप प्रचलनमा आएकै १० वर्ष हुन लागिसकेको बताए। यो बीचमा विभिन्न हिफप ग्रुपले देश तथा विदेशमा नेपालमा आफ्ना प्रस्तुति दिइसकेका छन्।

आउँदो २०२४ को ओलम्पिकमा हिफपलाई समेत छुट्टै गेमको रूपमा राखिने हुँदा नेपालले आजैबाट तयारी गर्न आफूहरू लागि परेको पनि थापाले जानकारी दिए। बिबोय सिटी नेपालले लुकेर रहेका  युवाहरूको क्षमतालाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन प्रतियोगिता गर्न लागेको धारणा व्यक्त गरे।

कार्यक्रममा एसियाका विभिन्न देशका प्रतिनिधिसमेत कार्यक्रमको उद्घाटन सत्रमा आउँदै गरेको समेत जानकारी दिइयो। थापा भन्छन्, 'हाम्रो मुख्य उद्देश्य भनेको हिफपको माध्यमबाट विश्वमा नेपाली पहिचान स्थापित गर्नु हो।'

कार्यक्रमका लागि  नेपालमा विभिन्न देशका डिजेहरू आउने क्रम जारी रहेको र सबैलाई स्वागत गर्न आफूहरू आँतुर रहेको थापाले धारणा व्यक्त गरे।

बिबोय सिटीमा उपाधि जित्ने समूहले नेपालको प्रतिनिधित्व गर्दै एसियन क्वालिफायरका लागि ताइवान जाने अवसर पाउनेछ। प्रतिस्‍पर्धा पाँचवटा क्याटागोरी प्रतिस्‍पर्धा हुनेछ।  प्रतिस्‍पर्धामा चिनका एलेक्स, नेपालबाट प्रिन्स कानेकी, भारतका सान, थाइल्याण्डबाट डिजे जेक्स निर्णायकका रूपमा रहनेछन्।

नेपालमा व्यवस्थित रूपमा हिफपको संस्कृति विकास भइसकेको बिबोय सिटीमा सहकार्य गरेको गोविन्द एजुकेशनका प्रमुख विज्ञान कँडेल बताउँछन्। नेपालमा हिफपलाई फरक दृष्टिकोणबाट हेर्ने प्रचलन आएकोले पनि आफूहरूले यो दृष्टिकोण फेर्न पनि जरुरी रहेको कँडेल बताउँछन्। 'हिफपमा लाग्ने व्यक्तिहरू भित्रको कलाले व्यक्ति समाज र देश जोड्न सक्छ।

अन्तर्रााष्ट्रियस्तरमा नेपालको पहिचान दिन सक्छ भन्ने कुरामा कुनै फरक मत नरहनेमा म विश्वस्त छु', उनी भन्छन्, 'व्यक्तिगत खर्चमा युथ ओलम्पिकसमम्म पुगेर आएको थुप्रै उदाहरण रही आएको छ। यसलाई अझ व्यवस्थित गर्दै कलाको एउटा सुन्दर पाटोलाई आम जनमानससम्म पुर्‍याउन जरुरी छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.