|

जनकपुरधाम : काठमाडौं  उपत्यकामा सिरिन्ज आक्रमणका घटना बढिरहेका बेला धनुषामा एकजना शिक्षकमाथि उस्तै प्रकृतिको आक्रमण भएको छ। धनुषामा बिहीवार बिहान एकजना शिक्षकमाथि सिरिन्ज आक्रमण भएको हो । 

जिल्लाको ठिल्लास्थित विद्यालय गइरहेको बेला सबैला नगरपालिका-५ को बलुवा नदी नजिकै अपरिचित व्यक्तिले सुई जस्तो तिखो बस्तुले घोचेर भागेको शिक्षक मदनमणि अधिकारीले बताए । 'भारतीय नम्बरको मोटरसाइकलमा ती व्यक्ति आएका थिए', धनुषाधाम घर भएका उनले भने, 'पहिले मोटरसाइकल रोक्न इशारा गरे। त्यसपछि गाली गर्दै दायाँ हातमा सुई घोचेर भागे ।'

सुईले घोचेपछि आफू एकछिन बेहोस बनेको उनले सुनाए । 'होस खुल्दा ती ब्यक्ति भागिसकेका थिए', उनले भने, 'त्यसपछि विद्यालय नगइ जनकपुर अञ्चल अस्पतालमा उपचार गराएँ । डाक्टरले उनीमाथि केले घोचियो भन्‍ने ठम्याउन सकेका छैनन्। उनलाई चिकित्सकहरुले समस्या आए पुनः अस्पताल आउन भनेको जानकारी दिए। 

धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले सिरिन्ज आक्रमण नै भएको भनेर पुष्टि  भइनसकेको बताए । उनले घटनाबारे अनुसन्धान सुरु गरिएको बताए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.