|

कालिकोट : कालिकोट जिल्लामा सञ्चालित रेडियो चंखेली एफएममा कार्यरत दाहा गाविस-७ स्थायी घर भएका भरत सुनार तीन दिनदेखि बेपत्ता भएका छन्। जिल्लाको फुकोट गाविसको गाउँ परिषद्को रेडियोमा प्रत्यक्ष प्रसारणका लागि गएका सुनार बेपत्ता भएका हुन्।

जिल्लाको फुकोट गाविसमा पौष ६ गते गाउँ परिषद्को प्रत्यक्ष प्रसारणमा गएका सुनारले बेलुका ६ बजेतिर रेडियोमा सम्पर्क गरेका थिए। तर, त्यसपछि सुनार सम्पर्कमा नआएको चंखेली एफएमका संचालक समितिका उपाध्यक्ष वीरेन्द्र बुढाले बताए। ‘६ गते बेलुका रेडियोमा सम्पर्क गरेको थिए’, उनले भने– ‘त्यस दिनदेखि बेपत्ता भएका छन्।’

रेडियोकर्मी बेपत्ता भएको खबर जिल्ला प्रहरी कार्यालयमा शुक्रबार मात्र जानकारी आएको र बेपत्ता सुनारको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.