विश्व

२०१८ मा चीनको वेरोजगार दर ४.९ प्रतिशत
SHARES

असार १९, २०७६

    नयाँ चीन स्थापना भएको ७० वर्षयता रोजगार मात्रा विस्तृत हुँदै आएर रोजगारको संरचनामा क्रमशः सुधार भएको चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले जनाएको छ।    

    ब्यूरोका अनुसार सन् २०१८ को अन्तमा चीनको रोजगारीको सङ्ख्या ७७ करोड पुगेको र यो चीनको हालको कूल जनसङ्ख्याको आधाभन्दा बढी हो ।    

    रोजगारीका संरचनामध्ये दोस्रो र तेस्रो उद्योगको रोजगारीको अनुपात क्रमशः तीस प्रतिशत र पचास प्रतिशत पुगेको छ भने नयाँ चीन स्थापना भएको प्रारम्भिक अवधिभन्दा निकै धेरै बढेको छ। रोजगार मात्रा विस्तृत भएसँगै चीनको अर्थतन्त्रको स्थिर र लगातार विकास भएको देखिन्छ र रोजगार संरचनाको सुधार र मात्रामा वृद्धिले चीनलाई सम्पन्न समाजमा पुग्न सुदृढ आधार प्रदान गरेको छ।    

    प्राप्त पछिल्लो जानकारी अनुसार, नयाँ चीन स्थापना भएको सुरूमा अर्थात् सन् १९४९ को अन्तमा चीनका शहरमा बेरोजगार दर २३.६ प्रतिशत पुगेको थियो भने सन् २०१८ को अन्तमा ४.९ प्रतिशतमा झरेको छ ।    

    चुङयुआन बैङ्कका प्रथम अर्थशास्त्री वाङ च्युनको विचारमा रोजगार संरचना र मात्रा सुधार भएबाट सर्वसाधारणको आय बढाउन, उपभोग स्तरलाई उकास्न, समस्त समाजलाई खाना–कपडा स्तरबाट सम्पन्न समाजसम्म लैजान सुदृढ आधार बनाइएको छ ।    

    केही वर्षयता आफैँ व्यापार चलाउने अवस्था धेरै देखिएको छ । विभिन्न नयाँ उद्योग र मोड पनि उदाएका छन् जसले आर्थिक विकासलाई नयाँ शक्ति प्रदान गर्नका साथै रोजगारको स्थिरतालाई सुदृढ समर्थन पनि दिएको छ ।    

    पछिल्लो तथ्याङ्क अनुसार रोजगारको स्थिति स्थिर हुँदै राम्रो भएको मानिएको छ। सन् २०१३ देखि सन् २०१८ सम्म चीनको शहरमा नयाँ रोजगारीका अवसर थपिएको छ। विगत छ बर्षमा शहरी क्षेत्रमा रोजगारीको सङ्ख्या प्रतिवर्ष एक करोड तीस लाखभन्दा बढी पुगेको छ। सन् २०१८ मा डिजिटल अर्थतन्त्र क्षेत्रको रोजगार सङ्ख्या उन्नाइस करोड दश लाख पुगेको छ भने वर्षभरि कूल रोजगारी सङ्ख्याको पचीस प्रतिशत पुगेको छ।    

    निरन्तर मूल्यको अवस्था हेर्दा सन् २०१८ को कुल ग्राहस्थ उत्पादन सन् १९५२ को तुलनामा १७५ गुणा बढेको छ भने प्रति वर्ष ८.१ प्रतिशत बढेको छ। सन् २०१८ मा चीनको प्रति व्यक्तिको आय नौ हजार ७३२ अमेरिकी डलर पुगेको छ भने मध्य आय स्तर मुलुकको औसत स्तरभन्दा बढी भएको छ।    

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]