|

अमेरिकामा शक्तिशाली भूकम्प गएको छ। अमेरिकाको क्यालिफोर्नियामा ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको  अमेरिकी जिओलोजिकल सर्भेले जनाएको छ। 

क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा केन्द्रविन्दु भएर गएको भूकम्पले भवनहरूमा क्षति पुगेको र केही ठाउँमा आगलागी भएको छ। लस एन्जलसबाट उत्तर तर्फ २४० किलोमिटरको दूरीमा पर्ने रिड्गेक्रेस्ट सहर भूकम्पको केन्द्रविन्दु रहेको जनाइएको छ।

पछिल्लो दुई दशक यताकै शक्तिशाली भूकम्प रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्। उद्धार तथा राहतको काम जारी रहेको अग्निनियन्त्रकहरुले बताएका छन्। क्षतिको पूर्ण विवरण आउन बाँकी छ। अमेरिकी राष्ट्रपटि डोनाल्ड ट्रम्पले सचेत रहन सबैलाई आग्रह गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.