|

ओखलढुंगा : जिल्लामा सिड्स बैंकका संचालक कृषकलाई ठगी गरेर फरार भएको ३ महिना बितिसक्दा पनि प्रहरीले अझै समात्न सकेको छैन। 

तरकारी खेती तथा पशुपंक्षी ब्यवसाय गर्ने कृषकलाई सहुलियत दिने भनी प्रलोभनमा पारेर कृषकसँग पैसा असुल गरी फरार भएका बैंक संचालक प्रहरीको फरार सूचीमा रहे पनि नसमातिएका हुन।

पाँच महिना अघि मात्रै ओखलढुंगा सदरमुकाममा सञ्चालन भई सेवाको नाममा कृषकहरूसँग पैसा असुल गर्दै आएको बैंक सञ्चालक चम्पादेबी गाउँपालिका ६ का सुवास कार्की फरार भएका भए पनि अझै प्रहरीले समात्न सकेको छैन। 

कृषकसँग तरकारी खेतीका लागि बीउ बिजन तथा पशुपंक्षी ब्यवसायका लागि बाख्रा तथा कुखराका चल्ला उपल्ब्ध गराउने भन्दै लाखौ रुपैयाँ ठगी गरी भागेका कार्की धेरै जसो अनलाइनमा देखिने भए पनि प्रहरीले अझै समात्न सकिरहेको छैन। 

समातिएनन् फरार सूचीमा रहेका  कार्की भन्ने समाचार संचार माध्ययममा आए पछि समाचारको लिंकसंँगै पत्रकारलाई समेत तेरो कलमले के गर्छ गर भन्दै उनी धम्क्याउन थालेका छन्। बैंकले कृषकलाई प्रलोभनमा पारेर लाखौ रुपैयाँ ठगी गरेको भन्दै  कृषकले जिल्ला प्रहरी कार्यलय ओखलढुंगामा उजुरी दिए पनि कार्की प्रहरीको फरार सूचीमा मात्रै रहेका छन्।

के गर्दै छ प्रहरी 

कृषकबाट बीउ बिजन तथा कुखुराका चल्ला उपलब्ध गाराउने भन्दै रकम असुल गरेर सञ्चालक कार्की फरार भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख पुष्पराज मल्लले बताए। फरार कार्कीलाई प्रहरीले खोजी गरिरहेको उनको भनाई छ। बैंकले ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा ५२ जना भन्दा बढी कृषकले उजुरी दिएका छन्।

बैंकले डिपोजिटका रुपमा प्रतिकिसान २० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म लिएको पाइएको छ। हाल बैंकका सञ्चालक कार्की फरार भए पनि उनी फेसबुकमा सधै देखिन्छन तर प्रहरी भने फरार छ प्रयास जारी छ भनेर आलटाल गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजिव श्रेष्ठले उनी फरार रहेको तर अनलाइनमा देखिए पनि लोकेसन भारत देखिएको हुँदा उनी आफ्नो पहुँच भन्दा बाहिर रहेकोले समात्न नसकिएको बताए। उनले यदि पत्रकारलाई पनि धम्क्याउन थालेको भए कारबाहीको प्रक्रिया अगाडि बढाउने बताए। 

बैशाखमा प्रहरीमा उजुरी गर्दा पनि प्रहरीले आजसम्म उसलाई समात्न नसक्दा आफूहरू सशंकित भएको पीडितहरू बताउँछन्। कार्कीले संचालन गरेको बैंकले केही कृषकलाई भने बढेको कुखुरा आफूहरूले उठाउने भन्दै कुखुराका चल्ला तथा दाना वितरण गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.