|
प्रतीकात्मक फोटो

सिरहा : सिरहाको दक्षिणवर्ती लक्ष्मीपुरपतारी गाउँपालिका ४ लक्ष्मीपुरपतारी गाउँमा पोखरीमा डुबेर एकै परिवारका दुई बालिकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शुक्रबार दिउँसो घर नजिकैको पोखरीमा नुहाउने क्रममा स्थानीय नथुकुमार यादवकी छोरी ६ वर्षीया लक्ष्मीकुमारी यादव र बहिनी ४ वर्षीया आशुका कुमारी यादवको डुबेर मृत्यु भएको हो। घरमा कोही नभएका बेला खेल्दै पोखरीमा नुहाउन पुगेका दुई बालिकलाई खोजी गर्ने क्रममा पोखरीमा डुबेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार स्थानीय कपिलदेव यादव, राजकुमार यादव र विष्णुदेव यादवको साझा पोखरीमा नुहाउने डुबेर मृत्यु भएको घटनाको थप अनुसन्धान भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.