|

कपिलवस्तु : प्रहरीले मोष्ट वान्टेडको सूचीमा राखेको फरार अभियुक्त नसिम खाँन उर्फ बाद्शाह पक्राउ परेका छन्।

विगतको माओवादी द्वन्द्वमा प्रतिकार समूहका नाममा तत्कालीन माओवादीका जिल्लास्तरीय नेता राजेन्द्र तिवारी, प्रेम परियार, अकाली धोवी, ज्ञानबहादुर सुनार, शिवपूजन कुर्मीलगायतको हत्या अभियोग लागेका फरार अभियुक्त खाँन काठमाडौंबाट पक्राउ परेका हुन्। नसिमलाई कपिलवस्तुमा नसिम वादशाह भनिन्छ भने उनले अनौपचारीक कुराकानीमा आफूलाई वादशाह नै भन्ने गरेका थिए।

कपिलवस्तु प्रहरीले मोष्टवान्टेड सूचीमा राखेका नसिम काठमाडौंमा १० दिनदेखि बस्दै आएका थिए। विभिन्न हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका उनी सिआइबीको टोलीबाट शुक्रबार राति पक्राउ परेका हुन्।

विगतमा विभिन्न सशस्त्र समूहमा रहेर घटना घटाएका खाँन तराईका सशस्त्र समूहसँग राज्यले गरेको वार्ताका पहलमा हतियार बुझाएर सार्वजनिक भएका थिए। तर उनीमाथि विभिन्न जघन्य अपराधका मुद्दा दर्ता भएको र ती मुद्दाको सिलसिलामा प्रहरीले पुनः पक्राउ गर्ने संकेत पाएपछि उनी ३ वर्षअघि एक सार्वजनिक कार्यक्रममा प्रहरी उपरीक्षक र प्रजिअकै सामुन्नेबाट स्थानीय नागरिकको घेरावन्दीमा पुनः फरार भएका थिए। तत्पश्चात उनी भारतमा बस्दै आएका थिए।

यता एक वर्षअघि कपिलबस्तुको मायादेवी गाउँपालिका ४ का वडाध्यक्ष फत्ते मोहमदका ७ वर्षीय छोरा आयान खानको एक वर्षअघि हत्या गरेको समेत बाद्शाहमाथि अभियोग लागेको छ।

उनकी श्रीमती फौजिया नसिम खाँन नेकपावाट प्रदेश ५ का समानुपातिक सांसद बनेपछि उनी सरकारसँग विभिन्न पहल अघि बढाउँदै शान्तिपूर्ण राजनीतिमा आउने निरन्तर प्रयास जारी राखेका थिए। तर नेकपाको सरकारले उनीसहित अहिले पनि फरार रहेर भारतमै बस्दै आएका प्रितम पाण्डेलगायतलाई तत्काल कुनै संकेत दिएको थिएन। फलस्वरूप विभिन्न माध्यम लगाएर शान्ति प्रकृयामा आउने पहलकै लागि राजनधानीमा पुगेका बखत एक होटलबाट नसिम पक्राउ परेको उनको पारिवारिक श्रोतले जनाएको छ।

कपिलवस्तु प्रहरीले यसको औपचारीक पुष्टि भने गरेको छैन्। नसिमकी श्रीमती फौजियाले १७ हजार मान्छे मारेर प्रचण्ड/बावुराम देशको प्रधानमन्त्री बन्न सक्ने केहीको हत्या अभियोग लागेका नसिम किन शान्तिपूर्ण राजनीतिमा आउन नपाउने भन्दै नेकपाका केन्द्रीय तथा जिल्लास्तरका नेतालाई दवाव दिँदै आएकी स्रोतले बतायो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.