|

उत्तरपश्चिम सिरियामा शासक पक्षले गरेको बमबारीमा परी कम्तीमा १४ सर्वसाधारण मारिएका छन्।    

सो बमबारीमा परी सात बालबालिकासहित १४ सर्वसाधारणको मृत्यु भएको युद्धलाई निरीक्षण गरिरहेको एक मानव अधिकारवादी समूहले शनिबार जानकारी दिएको छ।    

शुक्रबार राति अबेर इद्लिब प्रान्तको महम्बेल गाउँमा युद्धक विमान र हेलिकोप्टरबाट गरेको हवाई आक्रमणमा परी सात बालबालिकासहित १३ सर्वसाधारण मारिएका सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ।    

इद्लिब प्रान्तको दक्षिण भागमा रहेको खान सैखुन शहरको बाहिरी इलाकामा सरकार पक्षबाट भएको रकेट आक्रमणमा शनिबार बिहान एक महिलाको मृत्यु भएको बेलायलआबद्ध मानव अधिकार समूहले जानकारी दिएको छ।    

सिरियाली विद्रोही समूहको बलियो पकड रहेको इद्लिब प्रान्तमा ३० लाख व्यक्तिको बसोबास रहेको र यस शहरलाई सरकारी पक्षले पुनः कब्जामा लिएको थियो।

रुसको समर्थन रहेको सिरियाली सरकार र विद्रोही समूहबीच गत आठवर्ष यता गृहयुद्ध जारी रहेको छ। सिरियामा सन् २०११ को मार्च महिनाबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो।

केही समयपछि सो आन्दोलन गृहयुद्धमा परिणत भयो। यस गृहयुद्ध अल कायदा र इस्लामिक स्ट्टेस जस्ता आतङ्ककारी समूहहरु पनि हाबी हुँदै गयो।

सिरिया सन् २०११ देखि हालसम्म जारी यस गृहयुद्धमा ३ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसेकेको छ। त्यसैगरी यसमा परी लाखौ व्यक्ति घाइते भएका छन् भने, लार्खौ आफ्नो घर छोडी स्वदेश र विदेशमा शरणार्थी जीवन यापन गरिरहेका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.