समाज

जाजरकोटमा वैज्ञानिक वन व्यवस्थापन सुरु
SHARES

असार २१, २०७६

    जाजरकोट : जाजरकोटमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु  भएको छ।

    जिल्लाका २४७ सामुदायिक वनमा पुराना रुखको संख्या बढी भएर सूर्यको किरण जमिनसम्म नपुग्दा नयाँ रुखका विरुवा उम्रन पाएका छैनन्। घना जंगलका कारण एक ठाउँमा लागेको डढेलो सबैतिर फैलिएर पुरै वन क्षेत्र ध्वस्त हुने खतरामा रहेको छ। यस्ता जोखिमबाट जोगाउन वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम गर्न लागिएको हो।

    डिभिजन वन कार्यालय जाजरकोटले पहिलो चरणमा ४ वटा सामुदायिक वनबाट कार्यक्रम थालिने जनाएको छ। पहिलो चरणमा  छहरेखोला जलुके सामुदायिक वन समूह शिवालय गाउँपालिका–१, कुटीला सामुदायिक वन उपभोक्ता समूह छेडागाड नगरपालिका–१, चामेपातल सामुदायिक वन उपभोक्ता समूह छेडागाड–१२ र  चुली ढर्मीला सामुदायिक वन उपभोक्ता समूह शिवालय गाउँपालिका–१ मा लागू भएको छ। उत्पादनशिल वनमा थप कार्ययोजना बनाएर काम गर्न लागिएको डिभिजन प्रमुख महेस कुमाइले जानकारी दिए।

    वैज्ञानिक वन व्यवस्थापनबारे जानकारी गराउन जाजरकोटमा आयोजित कार्यक्रममा वनजंगल प्रदुषित मासिदै गएकाले यसलाई जोगाउँनका लागि व्यवस्थापन गरेर स्वच्छ वातावरणका लागि अब जंगलका कुनै पनि ठाउँ खाली नराखी नयाँ विरुवा उत्पादन गरिने छ।

    वन व्यस्थापनका लागि अग्नी रेखा बनाउने, चरीचरन रोक्ने तथा हेरालो समेत राखेर काम भइरहेको छ। वैज्ञानिक वन व्यवस्थापनले पुनर्रुत्पादन, भू–संरक्षण चोरीकटान नियन्त्रण र अतिक्रमण नियन्त्रण जस्ता कामलाई पनि प्राथमिकता दिइने छ।

    त्योसँगै वन सम्वर्द्धनका लागि सरसफाई, गोडमेल, कटानपछि फोहर हटाउने, जैविक विविधता संरक्षण, गैरकाष्ठ वन पैदावारको उत्पादन विस्तार तथा व्यवस्थापन र ढलेका रुख संकलन गर्ने जस्ता क्रियाकलापमा वन उपभोक्ता समूहलाई सक्रिया बनाइने छ।

    पहिलो चरणमा लागू भएका ४ वटा वनको पनि आधाबढी क्षेत्रफलमा बुढारुख छनौट, अग्नी रेखा निर्माणस्थल, हेरालो व्यवस्थापन र वृक्षारोपण गर्नुपर्ने क्षेत्रको पहिचान भइसकेको छ।

    यसबारे देखिएका जटिलबारे जिल्ला समन्वय समितिसहित राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, वन समूहका पदाधिकारीलगायतसँग समन्वय भइरहेको डिभिजन वन कार्यालय जाजरकोटले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]