|

  • दिपेन्द्र शर्मा

जाजरकोट :  जात्रा हेर्न गएकी १४ वर्षीय बालिकामाथि सामुहिक बलात्कार भएको छ। बुधबार बलात्कार भएकी बालिका बोल्न समेत सक्दिनन्। 

बोल्न नसक्ने बालिकाले आफु बलात्कृत भएको घटना रुदैं परिवारलाई सुनाएपछि परिवारले प्रहरीमा उजुरी गरेको थियो। जात्रा हेरेर घर फर्किदै गर्दा बाटोमा उनी युवाले बलात्कार गरेर उनले सांकेतिक रुपमा बताएकी थिइन्। बालिकासँगै जात्रा हेर्न गएका गाउँका अन्य बालबालिकामा उनीमाथि बलात्कारको प्रयास भएपछि डराएर भागेका थिए। बालिकाको अहिले जिल्ला अस्पताल जाजरकोटमा उपचार भैरहेको छ। 

प्रहरीले पक्राउ गर्‍यो २ आरोपित 

यस घटनाको आरोपमा प्रहरीले झाप्रा १ का २२ वर्षीय पदम महर र झाप्रा २ जाजरकोटका २० वर्षीय विश्व थापालाइ शुक्रबार पक्राउ गरेको छ। 
‘जात्रा हेर्न गएका बेला छोरीमाथि बलात्कारको प्रयास भएछ।  त्यसपछि गाउँका अन्य केटाकेटी डराएर भागेका रहेछन्,’पीडित बालिकाका बाबुले भने।

आरोपितमाथि ३ मुद्दा 

प्रहरीले घटनाका आरोपित पदम महर र विश्व थापामाथि तीनवटा मुद्दा चलाउने भएको छ। नाबालक ,बोल्न नसक्ने र फरक क्षमता भएकी बालिकालाई बलात्कार गरेका कारण आरोपितमाथि ३ वटा मुद्दा चलाउने तयारी गरिरहेको प्रहरी निरीक्ष्क हिक्मत बोहराले जानकारी दिए। बोहराका अनुसार उनीहरुमाथि जबर्जस्ती करणी, सामुहिक बलात्कार र नाबालक सम्बन्धि मुद्दा चलाउने तयारी भैरहेको छ। 

अन्तरपार्टी महिला संजाल जाजरकोटकी अध्यक्ष प्रमिला सिंह राठौरले बलात्कारीमाथि हदैसम्मको कारबाही हुनुपर्ने बताएकी छिन्। यस घटनाको जिल्लाका अधिकारकर्मीहरुले निन्दा गरेका छन्। बलात्कृत बालिकाको परिवार आर्थिक रुपमा विपन्‍न भएकाले तत्कालका लागि राहत स्वरुप आधारभुत रुपमा खाना र बालिकालाई लत्ता कपडाको व्यवस्था गरिएको महिला तथा बालबालिका कार्यालय जाजरकोका निमित्त प्रमुख सकुन्तला आचार्यले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.