|

काठमाडौं : प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले एकाबिहानै निकै आक्रमक ट्वीट गरे। कसलाई लक्ष्य गरिएको भन्ने नखुले पनि उनले विरोधीहरूलाई ‘छौँडा’ को संज्ञा दिए।

नेपालीभाषी समाजमा प्रायः नकारात्मक रूपमा प्रयोग हुने यो शब्द किन प्रयोग गरे रिमालले? के हुन्छ छौँडाको अर्थ? आउनुहोस् पल्टाऔँ, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित बृहत् नेपाली शब्दकोष। दशौँ संस्करण, पृष्ठ ४३१–

 
नेपालका विभिन्न भाषाभाषीमा छौँडाको अर्थ शब्दकोषको पहिलो र दोस्राे अर्थका रूपमा पनि प्रयोग हुन्छ। तर नेपालीभाषी समाजमा भने शब्दकोषमा उल्लेख भएको चाैथो नम्बरको अर्थमा बुझिन्छ। पहिलो दोस्रो तेस्रो अर्थ प्रतीक वा बिम्बका रूपमा बुझिन्छ। जस्तै केटाकेटीले धेरै चकचक गरे भने भनिन्छ, 'यी छौँडा कति चलेका!'

अब हेरौँ रिमालको ट्वीट–

यो ट्वीट हेर्ने हो भने शब्दकोषको पहिलो, दोस्रो र तेस्रो अर्थसँग मेल खाँदैनन्। 

नेपालीभाषीको (लोक)विश्वासअनुसार छौँडा बोक्सीले कसैलाई दुःख दिन पठाउँछन्, कार्यकर्ताका रूपमा। सामान्यतया छौँडाहरू आफैँ चल्मलाउँदैन्। बोक्सीद्वारा परिचालित हुन्छन्।

तर अहिलेको आधुनिक समाजले बोक्सी हुन्छन् भन्ने कुरा मान्दैन। यो अन्धविश्वास हो। कसैलाई बोक्सी भने कानुनी कारबाही हुने व्यवस्था छ। बोक्सी नै हुँदैन भन्ने भएपछि छौँडा हुने कुरै भएन। सभ्य समाजमा विरोधी नै भए पनि कसैलाई 'छौँडा' भन्नु राम्रो मानिँदैन।

अझ धर्ममा विश्वास नगर्ने र अन्धविश्वासका तीव्र विरोध गर्ने कम्युनिष्ट दर्शनको दीक्षा लिएका विद्वान् रिमालले एकाबिहानै ट्वीटमा किन यस्तो शब्द प्रयोग गरे हाेलान्?

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.