विद्रोह गर्दै मेस्सीले भने : आलोचना गर्दा रेडकार्ड देखाइयो

|

काठमाडौं : अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले १४ वर्ष लामो फुटबल करियरको पहिलोपटक रेडकार्ड पाउँदै मैदान छाडे। चिलीविरुद्ध २-१ को जित निकालेपछि मेसीले कोपा अमेरिकाको पदक समारोह पनि छाडे। उनको आरोप थियो, 'रेफ्रीहरु भ्रष्ट भए।'

तेश्रो स्थानको प्लेअफमा चिली विरुद्ध २-१ गोल अन्तरको जित निकाले पनि उनी मेडल थाप्न गएनन्। खेलको ३४ औ मिनेटमा चिलीका कप्तान गेरी मेडल र अर्जेन्टिनी कप्तान मेस्सीबिच विवादका कारण दुवैले रातो कार्ड पाए। 

मेडेलले मेस्सीलाई छातीले धकेलेपछि विवाद भएको थियो। त्यसपछि मुख्य रेफ्री माउरियो डियाज डि भिभारले रातो कार्ड दिँदै दुवै कप्तानलाई बाहिर पठाए। अनि खेल १० खेलाडीमा सीमित भयो । मेडलले धकेल्दा पनि मेस्सीले आक्रमक व्यवहार देखाएका थिएनन् । 

चिलीविरुद्धको जितपछि मेस्सी टिमका अन्य साथीहरुसँग तेश्रो स्थानको मेडल लिन गएनन्। सेमिफाइनलमा ब्राजिलसँग पराजित भएपछि अफिसियलहरुको कडा आलोचनाका गरेकैले आफूलाई रातो कार्ड देखाएको उनले बताएका छन्। 

मेस्सीले सेमिफाइनल भिडन्तमा ब्राजिललाई जिताउन रेफ्रीले असामान्य व्यवहार गरेको बताएका थिए। त्यो असामान्य व्यवहारलाई थप पुष्टि गर्दै उनले रेफ्रीहरु भ्रष्ट भएको बताएका छन्। ‘भ्रष्ट’ रेफ्रीहरु अर्जेन्टिनालाई हराउन लागेको पनि उनले बताएका छन्। 

ब्राजिलविरुद्धको खेलमा उनी र सर्जियो  निकोलश ओटामेन्डीविरुद्ध फल  गरेका २ वटा पेनाल्टीलाई अफिसियलले अस्विकारगरेका थिए। इक्वेडरका रेफ्री रोडी जामब्रानोले निकोलस ओटामेन्डीलाई ब्राजिलियन खेलाडी अर्थरले फाउल हानेपछि पाएको अवसरलाई अस्विकार गरेका थिए । त्यसैगरी सर्जियो अग्युइरोलाई बक्सभित्र कप्तान डानी अल्भेसले गरेको फाउलमा समेत अर्जेन्टिनाले पेनाल्टी पाएन । 

‘कोपा अमेरिका टुर्नामेन्ट नभएर भ्रष्टाचार हो। यहाँ ब्राजिललाई जिताउने पूर्वतयारी अनुसार रेफ्री र भीएआरबाट खेल प्रभावित बनाएर जिताइयो’, उनले भनेका छन्, ‘कोपाको फाइनलमा ब्राजिलले पेरुलाई स्वस्थ प्रतिस्पर्धा गर्न दिन रोक्नेछन्। ब्राजिललाई जिताउने गरी सबै तयारी भइसकेको छ।’

चिलीविरुद्धको जितपछि प्रतिक्रिया दिँदै मेस्सीले कोपा अमेरिकालाई नाटक भनेका छन्। ‘मेडलका लागि सधैँ सिमासम्म खेल्छन्, तर यो एउटा नाटक हो,’ उनले भने ‘मलाई लाग्छ रेफ्रीले सिमाभन्दा बाहिर गएर ओभर रियाक्ट गरे । हामी दुवैका लागि पहेलो कार्ड नै देखाएको भए विवाद आउने थिएन ।’

उत्कृष्ट खेल देखाउँदा पनि रेफ्रीले गलत निर्णय लिएको मेस्सीको आरोप छ । ‘मलाई रिस उठिरहेको छ। मलाई लाग्छ म रातो कार्डको लायक थिइनँ। किनभने हामीले धरै राम्रो र इमान्दार खेल खेलिरहेका थियाँै,’ उनले भने ‘दुर्भाग्यवश त्यहाँ धेरै भ्रष्टचारी रेफ्रीहरु छन्। ब्राजिलविरुद्ध र चिलीविरुद्धको म्याच हाम्रा दुई उत्कृष्ट प्रर्दशन थियो ।’

आगामी मार्चमा हुने विश्वकप क्वालिफायर गेमको उद्घाटन खेलमा अब मेस्सीले निलम्बनको सामना गर्नुपर्नेछ । पोष्टम्याच कन्फ्रेन्समा बोल्दै उनले अतिरिक्त प्रतिबन्धबारेमा चिन्तित नरहेको बताए । ‘उनीहरुले त्यही गरे जे चाहन्थे,’ उनले भने । ब्राजिललाई उपाधि जिताउन षडयन्त्र भएकोसमेत उनको आरोप छ ।

ब्राजिलकै फुटबलरको विरोध

ब्राजिलविरुद्धको खेलमा अर्जेन्टिनाले गरेको अपिलमा पेनाल्टी नदिनु गलत भएको ब्राजिलका पर्व चर्चित खेलाडी रिभाल्डोले प्रतिक्रिया दिइसकेका छन । 

ब्राजिल अहिले पनि उत्कृष्ट टोली भएपनि अर्जेन्टिनाको पक्षमा रहेको २ पेनाल्टी भिडियो असिस्टेन रेफ्रीले नदिनु गलत भएको रिभाल्डोले २ दिनअघि मिडियामा प्रतिक्रिया दिएका थिए ।

पेरुलाई हराउँदै आइतबार रियो दि जेनेरियोमा ब्राजिलले २००७ पछि उपाधि जित्ने उनको विश्वास छ । ‘मलाई यसमा कुनै शंका छैन, ब्राजिल जित्न तयार छ’, उनले भने ‘विश्वास भिएआर र र रेफ्रीसँग गर्न मसँग केही आधार छैन। पेरुले प्रतिस्पर्धा गर्न सक्छ किनकी उनीहरुसँग सेट टिम छ तर निक्कै कठिन छ ।’

करियरको दोश्रो रातो कार्ड

बार्सिलोनाका यी स्टारले सिनियर फुटबल करियरमा सहभागिता जनाउँदै पाएको यो दोश्रो रातो कार्ड हो । यसअघि उनले सन २००५ मा हंगेरीविरुद्ध बुडापेस्टमा भएको खेलमा पहिलो पटक कार्ड पाएका थिए । 

जुन खेलमा उनी अर्जेन्टिनाबाट डेव्यु गरेका थिए। खेलको ६४ औँ मिनेटमा उनले रातो कार्ड पाएका थिए । ३२ वर्षीय उनले खेलमैदान प्रवेश गरेको ४३ सेकन्डमै पहिलो पटक रातो कार्डको सामना गर्नुपरेको थियो । बार्सिलोनाबाट ६८७ खेलमा प्रतिस्पर्धा गर्दा उनले हालसम्म रातो कार्ड पाएका छैनन् । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.