|

काठमाडौं : सरकारको भारतसहित तेस्रो मुलुकबाट आउने तरकारी तथा फलफूललाई विषादी परीक्षण नगर्ने निर्णयविरुद्ध सडकदेखि सदनसम्म विरोध भएको छ।

नेपालीहरूलाई आयातित विषादीयुक्त तरकारी खान बाध्य पारेको भन्दै विभिन्न उपभोक्ता समिति र सर्वसाधारणहरूले तरकारीको माला लगाएर सडकबाटै सरकारको विरोध गरेका छन्।

त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभाको आइतबारको बैठकमा आयातित तरकारी तथा फलफूलको विषादी परीक्षण गर्नुपर्नेबारे सरकारको ध्यानाकर्षण गराएको छ।

ढ्यापढ्यापे समयमा बोल्दै राष्ट्रियसभा सदस्य अनिता देवकोटाले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयप्रति सरकारको ध्यानाकर्षण गराइन्।

 'यो कस्तो गाईजात्रा हो सभाअध्यक्ष ज्यू? आफैँ निर्णय गर्ने अनि आफैँ फेरि कार्यान्वयन नगर्ने? निर्वाचनको बेला महान् राष्ट्रवादीको नारा र भाषण दिने सरकार कसैको दबाबमा लर्‍याककलुरुक परेर आफ्नो निर्णयबाट फिर्ता हुने यो कस्तो राष्ट्रवाद हो?', उनले प्रश्न गरिन्,'अहिले सरकारको राष्ट्रवाद कुन दुलोभित्र छिरेको छ?'

ओली सरकारको राष्ट्रवाद कुन दुलोभित्र छिरेको छ? 


 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.