विश्व च्याम्पियानको लागि ताइवान जाने

|

काठमाडौं : गोविन्द एजुकेसन नेपाल बि-ब्वाय सिटी-२०१९ मा भक्तपुर 'डार्कनेस क्रु'का सदस्य  बि-ब्वाय चुन्टुले जितेका छन्। प्रतियोगिता नेपाल हिपहप फाउन्डेसन तथा गोविन्द एजुकेसनले आयोजना गरेको हो। बि-बोइङको विश्व च्याम्पियनसिप डिसेम्बर ७ देखि ८ सम्म ताइवानमा हुनेछ। जसमा नेपालबाट बि-ब्वाय चुन्टुले सहभागिता जनाउने छन्।

कार्यक्रममा विभिन्न पाँच विधामा प्रतियोगीता भएको थियो। जसमा कुल १३४ प्रतिस्पर्धी सहभागि थिए। गायिका समृद्धि राई, र्‍यापर निर्णय डिएन एसके, प्रोफेसर ट्रिक्सलगायत उपस्थित कार्यक्रममा वान-अन-वान अल स्टायलमा मुकेश ढकालले उपाधी जिते। उनले नगद २० हजार  र प्रमाणपत्र प्राप्त गरे। 'वान-अन-वान अल स्टायल किड्स' मा बि-ब्वाय आर्यन विजय बने। उनले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरे।

'वान-अन-वान अन्डिस्प्युटेड बि-गर्ल' को उपाधी भने बि-गर्ल फेथ (द ब्याटल फ्युजन क्रु की सदस्य)ले प्राप्त गरिन्। उनलेन गदर १० हजार र प्रमाणपत्र प्राप्त गरिन्। 'फो-अन-फो ब्रेकिङ' को उपाधी भनेलेट्स ब्रेक क्रुले प्राप्त गर्‍यो। जसले नगद ३० हजार र प्रमाणपत्र प्राप्त गर्‍यो।

प्रतियोगीतमा उत्कृष्ट  प्रदर्शन गर्दै योजना धमलाले गोविन्द एजुकेसन राइजिङ स्टार अवार्ड प्राप्त गरिन्। सम्पूर्ण विजेतालाई गोविन्द एजुकेसनका कार्यकारी निर्देशक विज्ञान कँडेल तथा हेल्थ करियर्स् इन्टर्नेस्नल अष्ट्रेलियाको नेपालका लागि बजार व्यवस्थापक धीरज सिंहले प्रदान गरेका थिए।

कार्यक्रममा बोल्दै गोविन्द एजुकेसनका कार्यकारी निर्देशक कँडेलले युवाको क्षमतालाई विभिन्न तरिकाले बाहिर निकाल्न जरुरी रहेको धारणा व्यक्त गरे। 'देशको सामाजिक सांस्कृतिक क्षेत्रको विकासका लागि युवाको भूमिका महत्वपूर्ण हुने गर्छ', उनले भने, 'युवासँग आफू पनि जोडिन पाउँदा खुशी लागेको छ। '

फोटो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.