|

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका–८ स्थित तुलसी स्मारक कुटीका पुजारी शिवशंकर दासमाथि बाल यौन दुराचारको आरोप लागेको छ । यहाँका साधु सन्तहरुले दासलाई पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास ‘बैष्णव’ले दासमाथि बाल यौन दुराचारको आरोप लगाउँदै उनलाई पक्राउ गर्न आईतवार जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएका छन् । 

पुजारी दासले ट्यूशन पढाउने नाममा महिला तथा छात्राहरुसँग दुस्कर्म, यौन सम्पर्क र अपराधिक कृयाकलाप गरिदै आएका छन्– उजुरीमा उल्लेख छ ।

पुजारी दासले गलत कृयाकलाप गरिरहेको जनगुनासो बारम्बार आएपछि साधु सन्तहरुको बैठक बसेर कारबाहीको माग प्रशासनसँग गर्ने निर्णयपछि प्रहरीमा उजुरी दर्ता गराएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ वैष्णवले जानकारी दिए । उनले भने, ‘ट्यूशन पढाउने बहानामा जघन्य अपराध गर्ने दासलाई पुजारी पदबाट हटाई कडा कारबाही गर्नुपर्ने हाम्रो माग छ ।’

उजुरी परेको सुइँको पाएपछि पुजारी दास फरार भएका छन् । पुजारी दास भारतको विहार राज्यको सुपौल जिल्लाको रहेको पनि उजुरीमा उल्लेख छ । स्रोतका अनुसार पुजारी दास रत्नसागर मठका तत्कालिन महन्थ बैकुण्ठ दासका नजिकका व्यक्ति मानिनन्छ । उनले नै दासलाई पुजारी नियुक्त गर्न लगाएको बताइन्छ ।

यता, धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले पुजारी दासमाथि उजुरी दर्ता भएको जानकारी दिए । उनले उजुरीमाथि आश्वयक अनुसन्धान सुरु गरिएको र तत्कालै पुजारी दासलाई पक्राउ गर्न प्रहरी परिचालन गरिसकेको बताए ।

केहि दिनअगाडी मात्र रत्नसागर मठका निलम्बित महन्थ बैकुण्ठ दासलाई उच्च अदालत जनकपुरले हत्या आरोपमा १२ बर्षको सजाय सुनाएको छ । तर सजाय सुनाउनु अगावैदेखि बैकुण्ठ फरार छन् । उनीमाथि सरकारी कागजात किर्ते गरी मठका जग्गा विक्री गरेको आरोप पनि छ । यससम्बन्धी फैसला आउनै बाँकी छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.