|

गुल्मी : गुल्मीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

आइतबार साँझ करिव ४ बजेतिर धुर्कोट गाउँपालिका ४ जैसीथोकका ४५ वर्षीय नारायण परियारको मैदान गरामाथिको भिरबाट लडेर मृत्यु भएको र शव मैदान गरा खोल्सामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबीन्द्रबहादुर खडकाले जानकारी दिए।

शवको पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र घटनाको बारेमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। आइतबार बिहान परियार घरबाट निस्केको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.