|

बाँके : बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत गाभरको जंगलमा चितुवाले आक्रमण गर्दा एक महिला गम्भीर घाइते भएकी छन्। राप्तीसोनारी गाउँपालिका-१, गाभरकी ३२ वर्षीया पुष्पा तामाङलाई चितुवाले आइतबार आक्रमण गर्दा टाउकोमा गम्भीर चोट लागेको छ।

जंगली च्याउ खोज्न जंगल गएको बेला चितुवाले आक्रमण गरेको तामाङले बताइन्। तामाङसँगै रहेका अन्य महिलाले हो–हल्ला गरेपछि चितुवा भागेको थियो। घाइते तामाङको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

टाउकोमा गम्भीर चोट लागे पनि उनी खतरामुक्त रहेको अस्पताललाई उद्धृत् गर्दै इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.