|

सिन्धुपाल्चोक : काभ्रेको पाँचखालमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। बा ४ ख ६०६६ नम्बरको टिपरको ठक्करबाट धुलिखेलतर्फबाट आउँदै गरेको प्रदेश ३–०२ ००१प०२९१ नम्बरको स्कुटीमा ठक्कर दिएको हो।

टिपरको ठक्करबाट चौतारा साँगाचोकगढी ७ विष्णु दंगालको ज्यान गएको छ भने गम्भीर घाइते भएका स्कुटरमा सवार ३१ वर्षका भगवान दंगालको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

ठक्करपछि टिपर चालक फरार रहेको पाँचखाल प्रहरी कार्यालयका सइ शिव पराजुलीले जानकारी दिए। प्रहरीले फरार चालको खोजी कार्य सुरु गर्नुका साथै टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.