|
Photo : File

काठमाडौं : प्रमुख दलका शिर्ष नेताहरुले नेपाली काँग्रेसका संस्थापक तथा पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराई नेपाल राष्ट्र र नेपाली जनताका सम्मानित राजनेता भएको टिप्पणी गरेका छन्। 

काँग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराई मुलुककै राजनेता भएको बताए।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९३ औं जन्मजयन्तीका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा काँग्रेस नेता देउवाले भट्टराईको सालिन, सौम्य र अदभूत क्षमताका कारण २०४७ सालको संविधान निर्माण र कार्यन्वयन सम्भव भएको बताए।

उनले भट्टराईको शालिनता नेपाल राष्ट्र र नेपाली जनताका लागि अमूल्य निधि भएको बताए। 
एमालेका अध्यक्ष केपी शर्मा ओलीले भट्टराईको निधनपछि मुलुक नेतृत्वविहिन बन्‍न पुगेको बताए। उनले  भट्टराईको ओजपूर्ण व्यक्तित्वकै कारण २०४७ सालको संविधान निर्माण कार्य सहज भएको बताए। अध्यक्ष ओलीले भट्टराई नेपालका सबैभन्दा सम्मानित नेता भएको बताए। 

उनले भट्टराईको जिवनीबाट सिक्ने सके मुलुकलाई निकास दिन सकिने विश्वास व्यक्त गरे। 

२००७ साल, २०३६ साल र २०४६ सालको परिवर्तनको नेतृत्व गरेका कृष्णप्रसाद भट्टराईको सरकारले २०४७ को संविधान जारी गरेको थियो। तत्कालीन राजालाई सम्झदारीमा ल्याएर भट्टराई नेतृत्वको सरकारले २०४७ सालको संविधान निर्माण गरी कार्यान्वयनमा ल्याएको थियो।

भट्टराई नेपालका पहिलो सभामुख समेत हुन्। सरल जीवन व्यथित गर्ने भट्टराई आफ्नो आध्यत्मिक चिन्तनका कारण पनि सबैमाझ लोकप्रिय थिए। उनी नेपाली कांग्रेसका संस्थापक नेता हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.