विप्लवको सेल्टर खोज्‍न नयाँ टोली थपियो

|

संखुवासभा : संखुवासभाको सिलिचोङ गाउँपालिका–१ होयङ्ला बाट एसएलआर हतियारसहित पक्राउ परको  विप्लवका कार्यकर्तालाई १० दिन म्याद थप गरिएको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी गोविन्द कार्कीले जानकारी दिए। असार १७ गते सिलिचोङ गाउँपालिका – १ होयाङ्ला बाट पक्राउ परेका ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–७ का निम दोर्जी तामाङलाई दोस्रोपटक  आइतबारदेखि लागू हुनेगरी १० दिन म्याद थप भएको जिल्ला अदालत चैनपुरले जनाएको छ।

असार १६ गते गस्तीमा रहेको प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएको थियो। गोली हानाहान भएको भोलिपल्ट प्रहरीले घटनास्थल नजिकैको गाउँबाट ओखलढुंगाको दोर्चीलाई आधुनिक हतियार एसएलआरसहित पक्राउ गरेको थियो।

उनकै सूचनाको आधारमा प्रहरीले सिलिचोङको होयाङ्ला मयङ्दस्थित ढुंगाको ओढारमा लुकाएको अवस्थामा एक राउण्ड गोली च्याम्बर लोड भएको एसएलआर राइफल बरामद भएको बताएको छ। सिलिचोङ बाट बरामद गरेको हतियार नयाँ हो कि पुरानो हो भन्ने प्रहरीले खुलाएको  छैन।

दोर्चीसँगै पक्राउ परेको संखुवासभाको चैनपुर नगरपालिका–१० का सन्जन अधिकारीलाई समेत पक्राउ गरेको स्रोतको भनाइ छ। प्रहरीले चैनपुरका सन्जनलाई विप्लवको सेल्टर खोज्न सोलुखुम्बु लगेर सदरमुकाम खाँदबारी ल्याएर भोजपुर तर्फ लगिएको हुन सक्ने बताइएको छ।

सन्जनलाई प्रहरीले बेपत्ता बनाएपछि बुवा केदार अधिकारीले खोजी गरिदिन आग्रह गरिहेका छन्। भिडन्तपछि सोलुखुम्बु, भोजपुर र संखुवासभाको संगमस्थल क्षेत्रमा प्रहरी र सशस्त्र प्रहरीले सर्च अभियानलाई अझै तीव्र पारिरहेका छन्। 

विप्लवको सेल्टर खोज्‍न नयाँ टोली थपियो

प्रहरीले विप्लवको सेल्टर खोज्न पुरानो गस्ती टोली हटाएर नयाँ टोली थप गरेको बताएको छ। गोली हानाहान पछि काठमाडौंबाट सिलिचोङ उतारिएका सशस्त्र र जनपथका ५४ जनाको टोली हटाएर शनिबार बाट पुन हेलिकोप्टर बाट नयाँ टोली थप गरेको बताइएको छ। विप्लवको सेल्टर खोज्न चैनपुरका सन्जनलाई प्रहरीले साथैमा लगेर सेल्टर खोजिरहेको हुनसक्ने दाबी छ।

गस्ती टोलीले माओवादी जनयुदद्धका बेला विशेष आधार भएको क्षेत्र सिलिचोङको सिसुवाखोला क्षेत्र र भोजपुरको उत्तरी चौकीडाँडा, दोभाने र खाटम्माको सीमा क्षेत्रमा सर्च अप्रेशनमा तीव्र पारेका जनाएको छ।

गस्ती टोलीले संखुवासभाको सिुवाखोला क्षेत्र, सोलुखुम्बुको महाकुलुङ, छेस्काम क्षेत्र र भोजपुरको खाटम्मास्थित डिलखर्क सर्च अप्रेशन जारी राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.