|

मुगु  : छायाँनाथ रारा नगरपालिका वडाहरूमा बजेट सिलिङमा ४५ लाख बराबरको सहमति भएपछि नगरसभा हुने निश्चित भएको छ।

मुगु जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकामा अनिश्चित जस्तो देखिएको नगरसभा शनिबार वसेको नगर कार्यपालिकाको बैठकमा वडा स्तरका योजनाको कुल ४५ लाख‍को सेरोफेरोमा योजनाहरू बनाउने सहमति भएपछि नगरसभा हुने सुनिश्चित भएको हो।

नीतिगत रूपमा गत १० गतेभित्र स्थानीय सरकारहरूले आफ्नो नीति तथा कार्यक्रम ल्याइसक्नु पर्ने भए पनि यहाँका वडा अध्यक्षहरूले वडामा १ करोड माग गर्दै बस्ती स्तरबाट आएका योजनाको प्राथमिकता नगरपालिकामा पेश गर्नु पर्नेमा वडा कार्यालयहरूले पेश नगरेपछि नगर प्रमुखको आदेशले २१ गते सारिएको थियो।

२१ गते नगरसभा हुनु पर्नेमा वडाबाट योजना पेश नभएपछि सो दिन नगर कार्य पालिकाको बैठक बसी वडास्तरमा ४५ लाखको बजेट सिलिङ दिने सहमतिपछि आगामी २८ गते नगरसभा हुने निर्णय भएको नगर प्रमुख हरिजंग शाहीले बताए।

समुदायको आधार बजेट बाँडफाँड

वडाको बजेट सिलिङ दामासायी नभएर जनसंख्या, भुगोल, शिक्षा, पछाडि परेका समुदायलाई आधार मानी बजेट सिलिङ वडा कार्यालयहरूलाई पठाइने र सोही सिलिङका आधारमा बस्तीस्तरबाट आएका योजनाहरू प्राथमिकताको आधारमा बजेट बाँडफाँड हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले जानकारी दिए।

यसरी बाँडफाँड गर्दा नगरका १४ वडा मध्ये सबै भन्दा बढी वडा १३ ले ४७ लाख र सबै भन्दा कम ९ वडाले ४० लाखको सिलिङ पाएको पनि जानकारी दिए। यो वर्ष नितीमा टेकेर स्थानीय तह योजना तर्जुमा दिग्दर्शन २०७५ को दफा ५.५.५ मा गरिएको नीतिगत विधिअनुसार बजेट बाँडफाँड गरिएको पनि नगरपालिकाले जनाएको छ।

स्राेत सुनिश्चिताको खोजीले सभाको अवधि लम्बिएको 

वडामा बजेटको सिलिङ कम हुँदा जनताका आवस्यकता योजनाहरू कम छनोट हुने भएकाले बजेटको सीमा बढाउन नगर प्रमुखसँग आग्रह गरेको र स्रोत सुनिश्चितताको खोजीले गर्दा नगर सभाको अवधि लम्बिएको र शनिबार भएको सहमति र कार्यपालिकाको निर्णयअनुसार आगामी २८ गते छाँयानाथ रारा नगरपालिकाको पाँचौं नगरसभा हुने निर्णय भएको वडा २ का वडा अध्यक्ष परेगराज चौलागाईले बताए।

सोरुमा २३ करोड ५० लाख बजेट 

 जिल्लाका अन्य स्थानीय तहहरू मध्ये सोरु गाउँपालिकाले गत १० गते नै गाउँसभा उदघाटन गरी शनिबारबाट सम्पन्न गरेको छ। आगामी आर्थिक वर्षका लागि २३ करोड ५० लाख बजेट ल्याइएको छ भने ११ वटा वडापालिकालाई वडा स्तरमा नै छलफल गरियोजना सञ्चालन गर्ने गरी ४१ लाख ५० हजारप्रति वडाले खर्च गर्ने भएका छन।  

खत्याड र मुगुका कार्मारोङ गाउँपालिकाले पनि आगामी आर्थिक वर्षको बजेट ल्यइसकेका छन। तर सञ्चार सेवा प्रभावकारी नहुँदा विस्तृत जानकारी भने आउन सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.