|

जुम्ला : जुम्लामा हरेको कर्णालीकै पहिलो चन्दननाथ नगरपालिको  नगरसभा अस्त ब्यस्त बनेको छ। (अन्तरसरकारी वित्त हस्तान्तरण ऐन, २०७४ बमोजिम सबै स्थानीय तहले असार १० भित्र बजेट ल्याइ सक्नुपर्ने नियम छ। असार १० भित्रै आगामी वर्षका लागि आर्थिक ऐन सर्व सहमतिले पारित पनि भए पनि यस चन्दननाथ नगरपालिकाले भने तोकिएको मितिभन्दा डेढ हप्तापछि समय धकेलिँदासमेत आगामी आवको बजेट ल्याउन नसक्दा नगर सभा अस्त-ब्यस्त बनेको हो।

असार १० मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममै, चालु आवको सार्वजनिक सुनुवाइ हुनुपर्ने भन्दै कार्यापालिका सदस्यहरूको बहुमतले नगरसभा बहिष्कार गरेका हुन्। नगरपालिकाले गत आव २०७४/०७५ को सार्वजनिक तथा चालु आव २०७५/०७६ को समीक्षा गर्नुपर्ने मागसहित पाँच दिनका लागि नगरसभा रोकिएको थियो।

चालू आवमा भएको करोडौंको खर्च विवरणस्पष्ट रूपमा आमनागरिकबीच सार्वजनिक नगरेबिना नगरसभा नहुने भन्दै उपप्रमुख अप्सरादेवी महतको नेतृत्वमा कार्यापालिका सदस्यको बहुमतले बहिष्कार गरेका छन।

उनीहरूले असार १५ भित्र सार्वजनिक सुनुवाइका लागि सबै विवरण तयार गर्ने भनिएको थियो। तर असार १५ मा चालु आर्थिक वर्षमा खर्च गरेका कुनै पनि श्रेस्ता नभेटिएपछि प्रमुख कान्तिका सेजुवालले अर्को सूचना नहुन्जेल पाँचौ नगरसभा स्थगित भएको सूचना गरिन्।

अहिलो नगरपालिका बाहेक अन्य स्थानीय सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गरिरहेका छन्। तर सरकारले तोकेको भन्दा डेढ हप्ता समयपछि धकेलिँदा समेत चन्दननाथको आगामी बजेट अनिश्चित छ। स्थानीय हरि श्रेष्ठका अनुसार श्रेस्ता, खर्च विवरण नभेटिने गरी बिल भर्पाइबिना कसरी सडक, निर्माण, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षालगायत विभिन्न शीर्षकमा काम भए। यसमा नगरपालिकाका प्रतिनिधि गम्भीर नभएको उनको आरोप छ।

प्रमुख कान्तिका सेजुवाल आगामी आवको बजेट ल्याउन अप्ठयारो परिस्थिति सिर्जना भएकोमा चिन्तित छन्। 'सार्वजनिक सुनुवाइका लागि आवश्यक श्रेस्ता भेटिएका छैनन्।' उनले तत्कालीन लेखाअधिकृत तिलबहादुर डाँगी सरुवा भएकाले नयाँ लेखाअधिकृत, पूर्ण ठकुरीका अनुसार बरबुझारथ नगरी गएकाले कुनै पनि खर्च विवरण आफूलाई थाहा नभएको बताइन। जसले गर्दा सार्वजनिक सुनुवाइ नहुँदा बजेट अझै कहिले आउने थाहा नभएको उनले बताइन्। असार १५ मा सूचना गरी स्थगित भएको नगरसभा सञ्चालन हुने नहने अझै कुनै टुंगो छैन।

स्थगित नगरसभा गर्न कर्मचारीलाई प्रमुख सेजुवालको कार्यादेश

चन्दननाथ नगरपालिकाको सार्वजनिक सुनुवाई हुनुपर्ने भन्दै स्थगित भएपछि बजेट तथा नीति कार्यक्रम नै अन्योल भएकोे छ। नगरसभाका बहुमत सदस्यले आर्थिक वर्ष २०७४/०७५ को सार्वजनिक सुनुवाई पारदर्शी रुपमा हुनुपर्ने भन्दै अडान राखेपछि हालसम्म अन्योल भएको हो। निकै ढिला भएपछि नगरसभा चाँडै गर्नुपर्ने भन्दै प्रमुख प्रशासकीय अधिकृतलाई कार्यादेश नै जारी गरिएको चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिकाले जानकारी दिइन्।

उनले पत्रकार सम्मेलन गरेर सार्वजनिक सुनुवाई नहुनु कर्मचारीकै त्रुटि रहेको बताइन्। प्रमुख सेजुवालले विलभर्पाई, भौचरका विषय कर्मचारीकै जिम्मा भएकाले सार्वजनिक सुनुवाई गर्न एक महिना गृहकार्य गर्न ३ जना कर्मचारी खटाइए पनि काम नहुनुले समस्या भएको बताइन्।

यता कर्मचारी ज्ञानेन्द्र बुढ्थापाले सार्वजनिक सुनुवाईको सवै तयारी भएको र केही कामका टिप्पणी भएका तथा अन्य प्रमाण नभेटिएका बताए। उनले त्यो जिम्मेवारी अहिलेका कर्मचारी नभई तत्कालीन समयमा प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्याय र लेखापाल तिलक डाँगी नै हुनु पर्ने उनको दावी छ। उपाध्याय र डाँगी अहिले सरुवा भएर अन्य स्थानमा गईसकेका छन्। 

सार्वजनिक सुनुवाई नहुँदासम्म नगरसभा नै हुन नदिने : उपप्रमुख न्यौपाने 

पारदर्शी सार्वजनिक सुनुवाई नहुँदासम्म नगरसभा नै हुन नदिने उपप्रमुख अप्सरादेवी महत सहितकोे बहुमत नगरसदस्यहरूको टिम रहेको छ। लाखौ रुपैयाँको टिप्पणी आदेशमा गएका केही योजानाहरूको खर्चको बिल नै नभएकाले त्यसको हिसाव मागिएको उपप्रमुख न्यौपाने बताइन्। उनले भनिन्, 'तर पनि हामी छलफलमा छौं। समस्या सामाधान गर्न सम्वन्धित कर्मचारी वोलाउनु पर्ने हुन्छ। त्यस्तै हामी नगरको समृद्धिका लागि चिन्तामा छौं।'  

नगर सदस्यहरू सवैलाई झुक्याएर गरिएको कार्यप्रति चुप लागेर बस्न नसकिने एक वडाध्यक्षले बताए। उनले भने, 'नगरसभानै हुन नसकेपछि आगामी बजेट के हुने भन्नेमा चिन्ता बढेको छ। समयमा बजेट नआउदा केन्द्र र प्रदेश सरकारले दिने बजेटमा पनि समस्या हुन सक्ने भएकाले समस्या भएको छ।'

नगरपालिकामा अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन छ। निमित्तको रुपमा पुरुषोत्तम देवकोेटाले काम चलाइरहेका छन् भने लेखापाल पूर्णबहादुर ठकुरी नगरपालिकाको लेखाअधिकृतको रुपमा नगरपालिकामा आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.