|

काठमाडौं : कोपा अमेरिका फुटबल प्रतियोगिताका क्रममा खेल भावना विपरित बोलेको भन्दै अर्जेन्टिनी कप्तान लियोनल मेस्सीलाई २ वर्षे प्रतिबन्ध लाग्ने भएको छ। 

दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीलाई कारबाहीस्वरुप प्रतिबन्ध लगाउने तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन । 

प्रतिबन्ध लागेमा उनले अर्जेन्टिना र कोलम्बियाले संयुक्त आयोजना गर्ने आगामी संस्करणको कोपा अमेरिकासँगै कतार विश्वकपको लागि दक्षिण अमेरिकी छनौट खेल गुमाउनेछन । 

प्रतियोगिताको तेश्रो स्थानका लागि चिलीविरुद्ध जित निकालेपछि मेस्सीले ब्राजिललाई उपाधि जिताउन रेफ्रीहरुले भष्टचार गरेको आरोप लगाएका थिए। 

खेलको ३७ औँ मिनेटमा चिलीका कप्तान गेरी मेडलसंगको विवादपछि उनी रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए। 

खेलपछि प्रतिक्रिया दिँदै उनले फाइनलअघि नै उपाधि ब्राजिलका लागि तय भएको आरोप लगाएका थिए। रेफ्रीको निर्णयमा प्रश्न उठाउँदै उनले पेरुलाई खुलेर खेल्न दिनेमा शंका व्यक्त गरेका थिए । 

प्रतियोगिता सकिएपछि दक्षिण अमेरिकी फुटबल महासंघले प्रेस विज्ञप्ति निकाल्दै मेस्सीको कारण प्रतियोगिताका सम्मान घटेको र व्यवसायिकतामा आँच आएको जनाएको छ  । 

कोपा दक्षिण अमेरिका क्षेत्रको फुटबल विकास, पारदर्शिता र व्यवसायिकता लागि प्रतिवद्ध रहेको जनाएको छ। खेलपछि मेस्सीले तेस्रो स्थानको पदक लिनसमेत अस्वीकार गरेका थिए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.