|

संखुवासभा : जिल्लाकाे सिलिचोङ गाउँपालिका१ होयङ्लामा गस्ती रहेका प्रहरी र विप्लवका कार्यकताबीच गोली हानाहान भयो।

गोली काण्डको घटनापछि प्रहरीले सिलिचोङ–१ सिसुवाखोलाबाट संखुवासभा चनैपुर नगरपालिका१० का सन्जन अधिकारीलाई बेपत्ता बनाएको थियो। बेपत्ता भएको हप्ता दिनपछि चैनपुरका सन्जन जिल्ला प्रहरी कार्यालय संखुवासभाको हिरासतमा भएको रहस्य खुलेको छ। उनलाई जिल्ला प्रशासन कार्यालयले २० गतेबाट लागू हुने गरेर सात दिनको म्याद थपेर प्रहरी हिरासतमा राखिएको खुल्न आएको छ।

प्रहरीले उनलाई अभद्र ब्यवहार गरेको आरोपमा हिरासतमा राखिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। घटनास्थलबाट विप्लवको गतिविधिमा संम्लग्न भएको आशंकामा चनैपुर १० अधिकारीलाई पक्राउ गरेको भए पनि उनलाई अहिलेसम्म प्रहरीले सार्वजनिक गरेको छैन।

प्रहरीले उनलाई पक्राउ गरेर विप्लवको सेल्टर खोज्न सोलुखुम्बु र भोजपुरका विभिन्न क्षेत्रमा लगेको स्रोतको भनाइ छ। सन्जनका बुवा केदार अधिकारीले छोरालाई प्रहरीले बेपत्ता बनाएको भन्दै खोजी गरिदिन केही दिन अघि पत्रकारसँग आग्रह गरेका थिए। 

विप्लवका कार्यकर्ता बास बसेको ठाउँमा प्रहरीसँग जम्काभेट हुँदा भएको गोली हानाहानका क्रममा बेपत्ता भएका आफ्ना दुईजना कार्यकर्ताको अवस्था नखुलेको जानकारी विप्लवका पूर्वी केन्द्रीय कमाण्ड इन्चार्ज बिषमले विज्ञप्ति समेत निकाल्दै अवस्था सार्वजनिक गर्न माग गरेका थिए।

१६ गते पक्राउ गरेर सन्जनलाई प्रहरीले सँग लिएर विप्लवको सेल्टर खोज्दै सोलुखुम्बु र भोजपुरका दुगर्म गाउँ लगेको केही बताइएको छ। प्रहरीले यस विषयमा केही बोल्न चाहेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.