|

हुम्ला : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले हुम्लास्थित स्थानीय तहका कार्यलयहरुमा ताला लगाउन थालेका छन्। 

जिल्लाका ताँजकोट र अदनचुली गाउँपालिकामा सोमबार विहान  आएका विप्लवका कार्यकर्ताहरुले ताला लगाएका हुन् ।

ताँजकोट गाउँपालिकामा विप्लवका कार्यकर्ताले हिंडने बाटामा हुम्लाका ७ वटा स्थानीय सरकार, प्रदेश र केन्द्रीय सरकारलाई १५ बुँदे आरोप लगाइएको छ। 

वज्ञप्तिमा संसदीय व्यवस्थालाई फटाहा, दलाल र विचौलियाको व्यवस्था भएको बताउँदै स्थानीय तह र प्रदेशमा ब्रम्हलुट मच्चाएको दाबी गरिएको छ । विप्लवले कर्मचारी भर्नामा आस्थागत र नातागत अनुसार भर्ना गरेको, जनप्रतिनिधि भनेर राज्यको दोहन गर्दै तलब भत्ता दिइएको अरोप लगाएका छन्। 

वर्षौँ बित्दा पनि सामाजिक सुरक्षा भत्ता वितरण नगरिएको, विकास योजना आवश्यकता भन्दा आफनो अनुकलतामा छनौट गरिएको, वर्षभरी चुप लागेर आर्थिक वर्षको अन्त्यमा बजेट सिध्याउन हतारमा काम गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

 स्थानीय तह,प्रदेश सरकारले चालु र पुँजीगत बजेटको सार्वजनिक सुनुवाई नगरेको, जनताका छोराछोरीलाई बेरोजगार बनाई कमिसनको लोभमा जनप्रतिनिधि र आसेपासेले चलाएको भन्दै ताला लगाएको संयुक्त क्रान्तिकारी जनपरिषद्, नेपाल जिल्ला हुम्लाका प्रमुख  कुम्म बुढाले बताए।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी उपरीक्षक राजेन्द्र बहादुर सिंहले ताँजकोट गाउँपालिका ३ वडामा लगाएको ताल प्रहरी गएर खोलेको बताउँदै अन्य गाउँपाकिलामा नलागएको  बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.