|

देउखुरी : जिल्ला अदालत दाङले  सामूहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै दुईलाई जनही १२ वर्ष कैद फैसला गरेको छ।

न्यायाधीश हेमन्त रावतको इजलासले तुलसीपुर उपमहानगरपालिका–३ का २७ वर्षीय इन्द्रबहादुर थापा र सोही ठाउँका ३१ वर्षीय थम्मन भन्ने गुरुप्रसाद पुनलाई कैद फैसला सुनाएको हो।
 
उनीहरुलाई १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको ठहर गर्दै १२\१२ वर्ष कैद र पीडितलाई दुवैबाट ५०\५० हजार क्षतिपूर्ति भराउने फैसला भएको छ। २०७१ असार २३ गते बालिकालाई बलात्कार गरी सोही दिनदेखि दुवै फरार थिए। फरार दुवैलाई २०७५ पुस १८ गते प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो। 

बलात्कार मुद्दामा एकजनालाई सफाइ

यस्तै अदालते घोराही उपमहानगरपालिका–१५ का ऋषिराज आचार्यलाई बलात्कार मुद्दामा सफाइ दिएको छ। पुर्पक्षका लागि कारागार चलान भएका आचार्यलाई निर्दोष रहेको भन्दै न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय पङ्ज्ञानीको इजलासले सफाइ दिएको हो। घरेलु कामदार बालिकालाई बलात्कार गरेको भनी मुद्दा परेपछि प्रहरीले आचार्यलाई पक्राउ गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.