सागरको ५ विकेट, कुशलको ६ मेडन ओभर

|

काठमाडौं :  एसिसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनल खेलमा हङकङले नेपालसामू रनको ९६ चुनौती दिएको छ। 

मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा टस जितेर कप्तान रोहितकुमार पौडेलले पहिला फिल्डिङ गर्ने निर्णय लिएको नेपालले ९६ रनको चुनौती पाएको हो। हङकङलाई ९६ रनमा समेट्ने क्रममा नेपालमा बलर सागर ढकालले ५ विकेट लिए। उनले १० ओभरमा ५ मेडन ओभर बलिङ गरेर ५ विकेट लिएका हुन। १० ओभरमा उनले १८ रन खर्चिएका थिए। 

कमलसिंह ऐरीले ३ विकेट लिए। उनले ८ओभरमा दुई मेडन ओभर बलिङ गरेर ३ विकेट लिएका हुन् भने २३ रन खर्चिए। त्यस्तै कुशल मल्लले ६ मेडन ओभर बलिङ गरेका थिए। १ विकेट लिएका उनले  ९ ओभर खेल्दा ६ मेडन ओभर दिएर ४ रन मात्रै खर्चिए।  त्यस्तै तिलकराज भण्डारीले १ विकेट लिए।

४३.१ ओभरमा अलआउट भएको हङकङसामू नेपाली खेलाडीले १६ मेडन ओभर बलिङ गरेका थिए। हङकङका लागि अदित गोरावाराले सर्वाधिक २४ रन बनाएका हुन् उनले ७१ बलमा चार चौकाको सहयताले २४ रन बटुलेका हुन्। हङकङले आफ्नो इनिङमा १० चौका र एक छक्का प्रहार गरेकोमा १७ रन अतिरिक्त पायो। 

सोमबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले आयोजक मलेसियचमाथि ७ विकेटको जित निकालेको थियो। त्यस्तै अर्को सेमिफाइनल खेलमा सिंगापुरलाई डक वर्थ लेविसका आधारमा ५१ रनले पराजित गर्दै हङकङले फाइनलमा नेपालसँगको भेट पक्का गरेको थियो। हङकङलाई जित्दा नेपालले एसिसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि उचाल्ने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.