|

काठमाडौं : एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जितेको छ। नेपालले हङकङविरुद्ध ६ विकेटको जित दर्ता गराएको हो। उपाधि जितेसँगै नेपाल आगामी अगस्ट अन्तिममा श्रीलंकामा हुने एसिसी यू-१९ एसिया कपम क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।

एसिया कपमा आयोजक श्रीलंकासहित अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र यूएईको टुंगो लागिसकेको छ। सोमबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै हङकङले दिएको ९६ रनको चुनौती नेपालले ४ विकेट गुमाउँदै १६.१ ओभरमा भेट्टाएको हो । 

नेपाललाई उपाधि दिलाउने क्रममा पवन सर्राफले ३६ बलमा ३९ रनको योगदान दिए। त्यस्तै रित गौतमले १४ बलमा १३ रनको योगदान दिए। खड्गबहादुर बोहराले २२ बलमा केबल ८ रन बनाउन सके ।  त्यसैगरी रोहितकुमार पौडेल*ले १० बलमा १२ रन र भीम सार्कीले ११ बलमा ८ रन बनाए । 

हङकङका लागि रौनक कपुरले २ विकेट लिए। मोहम्मद हसन खान र मोहम्मद हसन १/१ विकेट लिन सफल भए । यसअघि टस हारेर पहिला ब्याटिङ गर्न आएको हङकङले ९५ रनको झिनो स्कोर बनाएको थियो । नेपाली बलरसामू व्याट्सम्यानहरु चल्न नसक्दा हङकङ दोहोरो स्कोरमै खुम्चिएको थियो। हङकङले ४३.१ ओभरमा सवै विकेट गुमाएर ९५ रन बनाएको थियो। 

हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपाली युवा लेगस्पिनर सागर ढकालले उत्कृष्ट प्रदर्शन गरे। उनले पहिलो ओभरमै मेडन विकेट लिए। उनले १० ओभर बलिङ गर्दै १८ रन खर्चिएर ५ विकेट लिए। पहिलो र दोस्रो विकेटको साझेदारी सागरले रन बनाउनै नदिइ ब्रेक गरे। तेस्रो विकेटका लागि हङकङले २९ रनको साझेदारी गर्यो । अदित गोररा र कालन मार्क चालुले हङकङको स्कोर उकासे।  तर चालु हङकङको २९ रन भएको अवस्थामा व्यक्तिगथत १९ रन बनाएर सागरबाटै आउट भए । 

त्यसपछि चौथो विकेटका रुपमा सागरले आरुस भागवतलाई खाता खोल्नै नदिइ आउट गरे। पाँचौं विकेटका लागि अदित गरोरा र मेहरनले १८ रनको साझेदारी गरे । उक्त साझेदारी सागरले नै भत्काए। उनले मेहरनलाई पेभेलियन फर्काए।  सुरुवाती सबै पाँच विकेट सागरले नै झारे। छैटौं विकेट तिलकराज भण्डारीले लिए । 

हङकङका लागि सर्वाधिक २४ रन बनाएका अदित गरोरा भण्डारीको बलमा कप्तान रोहितबाट क्याच आउट भए । सातौं सफता कमलसिंह ऐरीले लिए । उनले मोहम्मद हसन खानलाई आउट गरे । आठौं पनि ऐरीले नै लिए। हङकङको स्कोर ७० रहेको अवस्थामा रौनक कपुरलाई ऐरीले आउट गरे । ३६ ओभर सकिँदा हङकङले ७० रन बनाउँदै ८ विकेट गुमाएको थियो। 

अन्तिमा मोहम्मद हसन र अब्बदुर उर्सलने २५ रनको साझेदारी गरेपछि हङकङ ९५ रनमा पुग्यो। नेपालका लागि सागर ढकालले ५ विकेट लिए। कमलसिंह ऐरीले ३, कुशल मल्ल र तिलकराज भण्डारीले एक एक विकेट लिए ।

सच्याइएको* : रोहितकुमार पौडेल* हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ- सम्पादक

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.