|

कालिकोट : बाटोमा ट्रक बिग्रदा कर्णाली राजमार्ग अबरुद्ध भएको छ। राजमार्गको कालिकोटको सेरिघाटमा ट्रक बिग्रिएपछि शुक्रबारदेखि राजमार्ग अबरुद्ध भएको हो।

ट्रक बिग्रिएर राजमार्ग अवरुद्ध हुदाँ ठूला सवारी साधन र मालबाहक ट्रकहरु राजमार्गमा रोकिएर बसेका छन् भने नेपालगन्ज सुर्खेत र जुम्ला जाने यात्रुहरु बाटोमै अलपत्र परेका छन्। एकतर्फीमात्रै सवारी गुड्ने र अर्कोतर्फ सवारी पास हुने ठाउँ नभएपछि सवारी साधन बीच बाटोमै अड्किएका हुन्।

अबरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको र शनिबार बेलुकासम्म राजमार्ग खुल्ने जिल्ला ट्राफिक कार्यालय कालिकोटका प्रमुख कबिराज बिकले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.