|

जनकपुरधाम : अस्थायी शिक्षकको आन्दोलनमा प्रदेश २ का उद्याेग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले नैतिक रुपमा समर्थन जनाएका छन्।

जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मुख्यद्वारमा प्रदेश २ का अस्थायी शिक्षक विगत ५ दिनदेखि बसेको धर्नास्थल पुगेर राज्यमन्त्री मण्डलले समर्थन जनाएका हुन्। उनले अस्थायी शिक्षकसँगै केहीबेर धर्नामा समेत बसे। उनले संघीय सरकारले जातीय र वर्गको आधार अस्थायी शिक्षकसँग विभेद गरेको आरोप लगाए।

शिक्षकलाई सम्बोधन गर्दै राज्यमन्त्री मण्डलले भने, ‘तपाइँहरूलाई विभेदपूर्ण तरिकाले हटाएको छ। हामी तपाइँहरूको साथमा छौं।' मुख्यमन्त्री ज्यूसँग पनि कुरा हुँदा उनले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए। तपाइँहरू आफ्नो मागप्रति अडिग रहनुहोस्।’ उनले सरकारले अस्थायी शिक्षकलाई लिएको परीक्षाको कापी जाँचमै जानेरै अनियमितता गरी अयोग्य ठहर्‍याएको आरोप समेत लगाए।

अस्थायी शिक्षकहरू संघर्ष समिति बनाएर विगत महिनौं दिनदेखि आन्दोलित बनेका छन्। पटक पटक संघीय सरकार र सम्बन्धित मन्त्रीलाई ज्ञापन पत्र समेत बुझाउँदा पनि बेवास्ता गर्दा बाध्य भएर धर्ना बस्नु परेको संघर्ष समितिका सहसंयोजक बिनोद यादवले जानकारी दिए। उनले आज छलफल गरी थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने समेत बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.