|

जनकपुरधाम : धनुषाको सबैला नगरपालिका १ का शत्रुधन यादवकी १४ वर्षीया छोरी पिंकी यादवले सोमवार मध्यरातमा आत्माहत्या गरिन् ।

उनका परिवारले प्रहरीलाई खबर नगरी शव चलाउन खोजे। यो घटना थाहा पाएपछि प्रहरीले चिताबाटै शव उठाएर पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल ल्याएको छ ।

दागबत्ती दिइसकेपछि शव जल्न सुरु भएको अवस्थामा प्रहरी पुग्दा मलामीहरुको भगाभाग भयो । घरदेखि करिब २ किलोमिटर टाढा खेतमा लगेर बालिकाको दाहसंस्कार भइरहेको थियो । प्रहरीले शवका साथै घटनास्थलबाट सातजना मलामीलाई पक्राउ गरेको छ । उनीहरुको नाम सार्वजनिक गरिएको छैन।

घटनाबारे जानकारी नै नदिई दाहसंस्कार गरिरहेको सूचना पाएपछि प्रहरीको टोली पुगेर शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कील जानकारी दिए । 

उनका अनुसार आत्महत्या भनिए पनि छिमेकील घटना शंकास्पद रहेको जानकारी गराएका छन् । जानकारीबिना नै शव दाहसंस्कार गर्न लागेकाले घटना शंकास्पद रहेको जनाउँदै उनले अनुसन्धान सुरु गरिएको बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.