|

काठमाडौं : युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको आयोजनामा साउन २७ र २८ गते काठमाडौंमा हुने युवा उद्यशीलता सम्मेलनको मुख्य प्रायोजन राष्ट्रिय वाणिज्य बैंकले गर्ने भएको छ।

सम्मेलनमा मुख्य प्रायोजक भएबापत बैंकले आयोजकलाई आर्थिक एवं प्राविधिक सहयोग प्रदान गर्ने गरी मङ्गलवार राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सम्मेलन मुल आयोजक समितिका संयोजक बिशाल गैरेले एक समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

समझदारी पत्रमा हस्ताक्षर गदैं बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वित्तीय साक्षरताका माध्यमबाट युवाहरुलाई उद्यमी बनाउन सकिने र युवाहरुलाई आर्थिक क्रियाकलापमा सहभागी गराएर मात्र मुलुक समृद्ध बन्न सक्ने कार्यमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे।

त्यही अवसरमा सम्मेलन मुल आयोजक समितिका संयोजक बिशाल गैरेले प्रादेशिक संरचनाभित्र उद्यमशीलताका नवीनतम् अवसरको खोजी गर्ने, नयाँ स्टाटअप कम्पनी र त्यस माथिको लगानीबारे लगानीकर्तासँग छलफल चलाउने र लगानी जुटाइदिने बताए। 

उनले सरकार र युवा उद्यमीबीच छलफलको वातावरण बनाउने, युवा उद्यमशीलताका सम्भावना, अवसर र चुनौतिबारे बहस गरी निति निर्मातालाई सचेत गराउने, युवा उद्यमीहरुका सफलताका कथाहरु आदानप्रदान गर्ने र देशभरका उद्यमी बन्न चाहने युवालाई उत्प्रेरण दिने दृष्टिकोणले यो सम्मेलन सफल रहने बिश्वास ब्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.