|

अछाम : मङ्गलसेन नगरपालिकामा चिर्पटले हानेर दुईजना पुरुषको हत्या भएको छ। मङ्गलसेन नगरपालिका १ ढुङ्गानीका पिरमकुमार साउदले ठूलाबुवा देउसिङ साउद र ससुरा वीरभान थापाको हत्या गरेका हुन्। 

मंगलबार राति हत्या गरेलगत्तै पिरमकुमार फरार भएका छन्। जिल्ला प्रहरी प्रमुख डीएसपी जनक शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको छ। फरार साउदको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.