|
file Photo

काठमाडौं : सरकारले उच्च महत्व दिएर करिब दुई दर्जन आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा घोषणा गरी त्यसअनुरुप निर्माण कार्य अघि बढाउन खोजे पनि सफल नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सिधै अनुगमन गर्ने भएका छन्।

देशको कार्यकारी प्रमुखले आयोजनाको प्रत्यक्ष अनुगमन गर्न सिंहदरबारमा उनकै कार्यलयमा ‘एक्सन रुम’को ब्यावस्था मिलाइएको छ। यसले निर्माण कार्यले गति लिने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरका अनुसार राष्ट्रिय गौरवका आयोजनाको काम तोकिएको समयमै होस् भनेर प्रधानमन्त्रीद्वारा ‘अनुगमनको पनि अनुगमन’ गर्ने व्यवस्था मिलाइएको खबर नागरिक दैनिकमा छ।

प्रधानमन्त्रीले निर्माण कार्य अनुगमन गर्न अहिलेलाई ११ वटा आयोजनाको निर्माण स्थलमा सीसी क्यामेरा र अन्य प्राविधिक उपकरण जडान गर्ने काम भइरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.