|

सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका १ ओख्रेनी आसपासको क्षेत्रमा व्यवसायिक चियाखेती विस्तार गरेको छ। नगरपालिकाको हिमाली र पर्यटकीय क्षेत्र ओख्रनीमा नगरपालिकाले व्यावसायिक रूपमा चियाखेती सञ्चालन गरेको हो। 

हिमाली वस्ती ओख्रेनीको सयौँ रोपनी क्षेत्रफलमा चियाखेती विस्तार गरिने लक्ष्य राखेको चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमानसिं तामाङले जनाए। पर्यटकीय क्षेत्रमा चियाखेती गरेपछि नगरपालिकालाई दुईतर्फी फाइदा भएको उनले बताए। चियाबाटै पालिकालाई आत्मनिर्भर बनाउने महत्त्वाकांक्षी योजना बनाएको समेत उनको भनाइ छ।

इलामबाट सीटीसी जातका दुई हजार एकसय वटा बिरुवा ल्याएर ओख्रनीमा विस्तार गरेको वडाध्यक्ष सानुकान्छा श्रेष्ठले बताए। यसैवर्ष १० हजार बिरुवा रोप्ने लक्ष्य लिएको जनाए। ओख्रेनीमा चियाखेती विस्तारका लागि नगरपालिकाले तीन लाख रुपैयाँ बराबरको बिरुवा किसानलाई अनुदानमा उपलब्ध गराएको छ ।

ओख्रेनीमा चियाखेती विस्तारका लागि विज्ञहरुको टोलीले माटो तथा हावापानी परीक्षणका साथै कृषकहरूलाई चियाखेतीसम्बन्धी तालिम प्रदान गरिसकेका छन्। अर्को वर्ष ५० हजार बिरुवा रोप्ने लक्ष्य नगरपालिकाले राखेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.