|

अछाम : ठूलोबुबा र ससुराको हत्या गरेर फरार रहेका मङ्गलसेन नगरपालिका १ का पिरम कुमार साउदलाई प्रहरीले पक्राउ गरेको छ। 

गएराति करिब १ बजे चिर्पट प्रहार गरी ठूलोबुबा ७२ वर्षीय देउसिङ साउद र ससुरा ५५ वर्षीय वीरभान थापाको हत्या गरी फरार साउदलाई प्रहरीले नगरपालिका २ मिस्तुरबाट पक्राउ गरेको छ।

‘हत्यारालाई हामीले पक्राउ गरिसक्यौँ। बयान लिन बाँकी छ’,डीएसपी जनक शाहीले भने ‘परिवारका अनुसार राति घर बाहिर निस्केर यताउता हिँडिरहेको देखेर ठूलोबुबाले सोध्दा वादविवाद  भएको रहेछ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.