|

पछिल्लो समय ब्राजिलियन स्टार नेमार र उनको क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बीचको विवाद बढ्दो छ। त्यसमा पनि नयाँ सिजनको अभ्यासमा नेमार सहभागी नभएपछि पीएसजी र नेमारबीच बढ्दा् विवाद सतहमा आएको छ।

बार्सिलोनाबाट कीर्तिमानी मुल्यमा पेरिस पुगेका नेमार पछिल्लो समय पीएसजी छोड्ने मनस्थीतीमा पुगेको थिए। उनी पुरानै क्लब बार्सिलोना फर्कन सक्ने सम्‍भावना बलियो छ। उनी बार्सिलोना छोडेपछि धेरैजसो समय चोटका कारण मैदान बाहिरनै छन्। त्यसैले क्लबमा असन्तुष्ट रहेर बस्नु भन्दा पीएसजीलेपनि क्लबलाई उपयुक्त हुने प्रस्ताव आएमा विदा दिने जनाएको छ। 

नेमारभने क्बले अनावश्यक रुपमा आफुलाई मैदान बाहिर राखेको मान्छन्। साथै टिमको कप्तान र मैदानमा उनको भुमिकालाई लिएरपनि गएको केहि समय देखिनै नेमार असन्तुष्ट हुन पुगेका थिए। फ्रिकीक कस्ले हान्ने भन्ने विवादकै कारण कतिपय खेल नेमारले गुमाउनु पर्दा उनी सुरुवातमानै क्लबसँग असन्तुष्ट रहे।

नेमार सोमबार पीएसजीको सिजनको पहिलो अभ्यासमा सहभागिता नजनाएका कारणपनि अब नेमार र पीएसजी सँगै अघि जाने संभावना निकै कमजोर छ। नेमार अभ्यासमा नगएपछि क्लबका पदाधिकारी रिसले चुर भए।

पिएसजीका खेल निर्देशक लियोनार्दोले सबैलाई उपयुक्त हुने प्रस्ताव आएमा नेमारले क्लब छाड्सने घोषणा गरे। साथै उनले नेमारलाई लैजान पीएसजीमा अहिलेसम्म उपयुक्त प्रस्ताव नआएको र बार्सिलोनासँग सामान्य कुराकानी भएको खुलासा गरे। नेमार दुई बर्षअघि कीर्तिमानी दुई सय २२ मिलियन युरोमा पीएसजी पुगेका थिए।

लियोनार्दोले पीएसजी क्लबलाई माया गर्ने खेलाडी चाहिएको भन्दै नेमारलाई कटाक्ष गर्नपनि भ्याएका थिए। उनले भने ‘पिएसजीसँग यस्तो खेलाडी होस्, जो यहाँ बसेर धेरै राम्रो मात्र होइन क्लबको समेत अभिन्न अंग बनोस। जो क्लबलाई मन पराउँदैन, त्यो खेलाडी क्लबलाई चाहिँदैन।,’ लियोनार्दोले भने। पीएसजीले अभ्यासमा नआएपछि नेमारलाई कार्वाहि गर्न सक्ने जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.