|
फाइल फोटो: दीपक केसी

  • मेगराज खड्का

रुकुम : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका आधार ईलाकाहरुबाट ऊर्जा लिएर संविधान कार्यान्वयनमा लाग्ने बताएका छन्। रुकुम, रोल्पा लगायतका आधार ईलाकाहरुले जनयुद्धक्रममा ठूलो सहयोग गरेको भन्दै अब यहाँका जनताको साथ र हौसलाले संविधान कार्यान्वयनमा पनि ठूलो सहयोग गर्ने उनले बताए।

जनयुद्धको ऐतिहासिक स्थल रुकुमको चनबाङ भेरिडाँडा पुगेका प्रधानमन्त्री प्रचण्डले गुरिल्ला ट्रेकिङ तथा ऐतिहासिक जनयुद्ध संग्राहलयको शुभारम्भ गर्न उनी रुकुम पुगेका हुन्। जनयुद्धका आधार ईलाकाका जनताहरुको भावना बुझेर अघि बढ्दा मात्र आर्थिक समृद्धि र समाजवादको आधार तयार हुने भन्दै प्रधानमन्त्री प्रचण्डले 'संविधान संशोधन र कार्यान्वयनमा त्यसले ठूलो भूमिका खेल्नेछ।'

‘सुन्दर सपना सहित हामीले लामो कष्टपूर्ण जनयुद्ध थालनी गरेका थियौ’, उनले भने, ‘सपना देखेका केही पूरा भएका छन् तर आधार ईलाकाका धेरै सपनाहरु पूरा गर्न बाँकी छ, अबको आर्थिक समृद्धिको योजनामा यिनै क्षेत्रहरु प्रथामिकतामा पर्दछन्।’

यसअघि माओवादी गुरिल्ला हिँडेको बाटोमा अब आन्तरिक तथा बाह्य पर्यटकहरु हिँड्ने बताउँदै प्रधानमन्त्रीले देशकै पर्यटन क्षेत्रमध्ये गुरिल्ला ट्रेल आर्कषणको केन्द्र बनाउने गरी प्रवर्धनमा लाग्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.