|

भद्रपुर (झापा) : राष्ट्रिय प्रजातन्त्र पार्टी भद्रपुर नगर समितिले नगरमा फैलिएका डेंगु सङ्क्रमण नियन्त्रण गर्न माग गर्दै भद्रपुर नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।

राप्रपा नगर समितिका अध्यक्ष राधा कार्कीको नेतृत्वको टोलीले नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन्। राप्रपाका कार्यकर्ताहरूको हस्ताक्षरसहित बुझाएको ज्ञापनपत्रमा बर्खा याम सुरु भएपििछ नगरका विभिन्न स्थानमा लामखुट्टेबाट हुने डेंगु सङ्क्रमण अत्यधिक बढेकाले रोकथामका लागि नगरभरि डेंगुविरुद्धको स्प्रे गर्न माग गरिएको छ ।

‘झापासहित प्रदेश १ का विभिन्न जिल्लामा डेंगुको सङ्क्रमणका बिरामी बढ्न थालेको छ’, अध्यक्ष कार्कीले भनिन्, ‘भद्रपुरमा पनि डेंगु सङ्क्रमणका बिरामी फेला परेकाले तत्काल यसको रोकथाम आवश्यक छ।’ 

प्रदेश १ को सुनसरीको धरानबाट फैलिएको डेंगुको सङ्क्रमणबाट झापामा हालसम्म तीन दर्जनको हाराहारीमा बिरामी देखा परिसकेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ। सन् २०१२ मा झापाको काँकडभिट्टामा देखा परेको डेंगु रोगको सङ्क्रमणका कारण यस अघि झापामा तीन जनाको मृत्यु भइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.