सर्लाही : ईश्वरपुर नगरपालिका–६ बयलबासमा एक महिलाको शव फेला परेको छ।
करिब ५०वर्षकी ती महिला बयलबास बजार क्षेत्रमा मागी हिँड्ने गरेको स्थानीयले बताएका छन्। महिलाको मृत्युको कारण खुलेको छैन। उनको सनाखत पनि नभएको प्रहरीले जनाएको छ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको सर्लाही प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।