शोकमा भोजपुरको बोया

|

भोजपुर : भोजपुर सदरमुकामको साप्ताहिक हटियामा बुधबार प्रहरी र नेत्रविक्रम चन्द विप्लवका कार्यकर्तबीच गोली हानाहान भयो । उक्त गोली हानाहानका क्रममा प्रहरी र विप्लवका एक कार्यकर्ता मारिए। मृत्यु हुनेमा विप्लवका कार्यकर्ता भनिएका नीरकुमार राई र नेपाल प्रहरी जवा सञ्जीव राई छन्।

को हुन् प्रशान्त

भोजपुरको षडानन्द नगरपालिका-१३ साबिकको बोया गाविसमा २०३८ सालमा जन्मिएका नीरकुमार राई यसअघि माओवादीले चलाएको १० वर्षे जनयुद्धमा पनि होमिएका थिए। उनी माओवादी जनसेनको कम्पनी कमाण्डरसम्म भएका थिए। रेखबहादुर राई र गंगामाया राईका १० सन्तानमध्ये कान्छा उनी माओवादी शान्ति प्रक्रियामा आएपछि विप्लवतर्फ लागेका थिए। 

उनी पूर्वमाओवादीनिकट अखिल क्रान्किारीका केन्द्रीय सदस्य पनि भए। उनले हालको षडानन्द नगरपालिका-१३ बोयास्थित महेन्द्रोदय माविबाट एसएलसीसम्म सकेपछि माओवादी 'जनयुद्ध'मा लागेका थिए। 

माओवादीले सुरु गरेको जनयुद्धको प्रभावमा पूर्वी नेपालमा पनि परेपछि उनी २०५८ सालमा भूमगित भएका थिए। माओवादी जनयुद्धका बेला उनले पूर्वका विभन्‍न युद्ध लडेका थिए। मा‌‌ओवादी शान्ति प्रक्रियामा आएपछि विभाजित हुँदा उनी मोहन वैद्यतिर लागेका थिए। तर वैद्य नेतृत्वको पार्टी फेरि फुटेपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा लागेर पछिल्लो सयम ओखलढुंगाको सेक्रेटरी बनेका थिए। 

प्रहरी भन्छ : भिडन्त, नेकपा विप्लव भन्छ : दुवैजना प्रहरीबाटै मारिए 

भोजपुरको ट्याम्के-मैयुङ गाउँपालिकाको धोद्रेमा गत जेठमा षडानन्द नगरपालिकाकै तीर्थ घिमिरे प्रहरीको गोलीबाट मारिएका थिए। वैदेशिक रोजगारीबाट फर्केका उनी केही महिनामै मारिए। यो पटक काठमाडौंबाट श्रीमतीलाई भेट्न भोजपुर गएका बेला प्रहरीसँगको भिडन्तमा मारिए प्रशान्त। 

विप्लव नेतृत्वको नेकपाले प्रशान्तलाई ओखलढुंगा सेक्रेटरी भने पनि उनी पार्टीले देखाएका क्रान्तिका सपना चकनाचुर भएको भन्दै वितृष्णा देखाएर  दुई वर्षदेखि छाडेर काठमाडौंमा बस्दै आएको छिमेकी र आफन्तहरु बताउँछन्।

१० वर्षे जनयुद्धका क्रममा पनि प्रशान्तको गाउँ बोयाका १० जना भन्दा धेरै युवायुवतीले ज्यान गुमाएका थिए। यो पटक पनि दाजुभाइको लडाईंले अर्को क्षति भएको बताउँछन् प्रशान्तका छिमेकी। षडानन्द नगरापलिकाका-१३ का वडाअध्यक्ष इन्द्र श्रेष्ठले हत्या हिंसाभन्दाले राम्रो नगर्ने भन्दै विप्लवका मागप्रति सरकार गम्भीर हुनुपर्ने बताउँछन्।  'यतिबेला आफ्नो वडाले एउटा होनाहार युवा गुमाउनुपरेको छ। उनको मृत्युको खबरले गाउँ नै शोकमग्न भएको छ', उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.